पेनी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पेनी

मत्ती 18 : 28
28 “तर त्‍यस नोकरले निस्‍केर जाँदा आफ्‍नो सङ्गी-नोकरहरूमध्‍ये एक जनालाई भेट्यो, जो त्‍यसको एक सय चाँदीका सिक्‍काको ऋणी थियो। उसलाई घोक्रोमा पक्रेर त्‍यसले भन्‍यो, ‘तेरो ऋण तिरिहाल्‌।’

मर्कूस 6 : 37
37 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तर तिनीहरूले उहाँलाई भने, “के हामीले गएर दुई सय दिनारको रोटी किनेर तिनीहरूलाई खान दिने र?”

मर्कूस 14 : 5
5 किनकि यो अत्तर तीन सय चाँदीका सिक्‍काभन्‍दा बढ़ीमा बिक्री गरेर गरीबहरूलाई त्‍यो पैसा दिन सकिन्‍थ्‍यो।” अनि तिनीहरूले त्‍यस स्‍त्रीलाई झपारे।

लूका 7 : 41
41 “कोही साहूकारका दुई ऋणीहरू थिए, एउटाले पाँच सय रुपियाँ र अर्काले पचास रुपियाँ ऋण लिएका थिए।

लूका 10 : 35
35 भोलिपल्‍ट उसले चाँदीका दुई सिक्‍का पौवाको मालिकलाई दिएर भन्‍यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”

मत्ती 22 : 21
21 तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्‌ ती परमेश्‍वरलाई देओ।”

मत्ती 20 : 14
14 तिम्रो पाउने ज्‍याला लिएर जाऊ। यस पछिल्‍लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्‍छु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *