पेडायाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पेडायाह

२ राजाहरू 23 : 36
36 जब यहोयाकीम राजा भए तब तिनी पच्‍चीस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ पदायाहकी छोरी जबीदा थियो। तिनी रूमाकी थिइन्‌।

१ इतिहास 3 : 19
19 पदायाहका छोराहरू: यरुबाबेल र शिमी। यरुबाबेलका छोराहरू: मशुल्‍लाम र हनन्‍याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्‌।

१ इतिहास 27 : 20
20 एफ्राइमका: अजज्‍याहका छोरा होशिया। मनश्‍शेको आधा कुलका: पदायाहका छोरा योएल।

नहेम्‍याह 3 : 25
25 उज्‍जैका छोरा पालालले कोण र रक्षकहरूका चोकनेरको माथिल्‍लो महलदेखि बाहिर निस्‍केको बुर्जाको सामुन्‍ने मरम्‍मत गरे।

नहेम्‍याह 8 : 4
4 शास्‍त्री एज्रा त्‍यस्‍तै कामको लागि बनाइएको एउटा काठको मञ्‍चमा उभिए। तिनको दाहिने हातपट्टि तिनको छेउमा मत्तित्‍याह, शेमा, अनायाह, उरियाह, हिल्‍कियाह र मासेयाह खड़ा थिए। तिनको देब्रेपट्टि पदायाह, मीशाएल, मल्‍कियाह, हाशूम, हशबदाना, जकरिया, र मशुल्‍लाम उभिएका थिए।

नहेम्‍याह 13 : 13
13 मैले पूजाहारी शेलेम्‍याह, शास्‍त्री सादोक र पदायाह नाउँ गरेका एक जना लेवीलाई भण्‍डारका जिम्‍मावाल नियुक्त गरें, र जक्‍कूरका छोरा, मत्तन्‍याहका नाति हानानलाई तिनीहरूका सहायक नियुक्त गरें। किनभने तिनीहरू विश्‍वासी मानिसहरू गनिएका थिए। तिनीहरूको कामचाहिँ आफ्‍ना दाजुभाइहरूका भाग वितरण गर्नु थियो।

नहेम्‍याह 11 : 7
7 बेन्‍यामीनका सन्‍तानहरू: सल्‍लू, जो मशुल्‍लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इथीएलका छोरा, जो यशयाहका छोरा थिए,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *