यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पिशाचहरू
हितोपदेश 30 : 14
14 तिनीहरू जसका दाँत तरवारहरू हुन् र जसका बङ्गारा छुरा समान हुन्छन्।
लेवीहरू 17 : 10 – 14
10 “‘इस्राएलीहरू वा तिनीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले रगत खायो भने, त्यो रगत खानेको म विरोध गर्नेछु, र त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिदिनेछु,
11 किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगतचाहिँ वेदीमा तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसका जीवनको निम्ति प्रायश्चित गरिन्छ।
12 यसकारण तिमीहरू अथवा तिमीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले पनि रगत नखानू भनी मैले इस्राएलीहरूलाई भनेको हुँ।
13 “‘इस्राएलीहरू वा तिमीहरूसँग वास गर्ने परदेशीहरूमध्ये जसले शिकार खेलेर खानु हुने कुनै पशु कि पक्षी समात्छ, त्यसले त्यसको सबै रगत निथारेर माटोले ढाकिदेओस्।
14 किनभने सबै जीवधारीको प्राण तिनीहरूको रगतमा हुन्छ। यसैकारण मैले इस्राएलीहरूलाई भनेको छु: “कुनै जीवधारीको रगत तिमीहरूले नखानू, किनभने सबै जीवधारीको प्राण तिनीहरूको रगतमा हुन्छ। त्यो खाने जोसुकै पनि बहिष्कार गरिनेछ।”
प्रकाश 16 : 6
6 किनकि तिनीहरूले सन्तहरू र अगमवक्ताहरूको रक्तपात गरेका छन्, र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ। त्यो तिनीहरूले पाउनैपर्ने हो।”
व्यवस्था 12 : 23
23 केवल रगतचाहिँ कदापि नखानू, किनकि रगतचाहिँ जीवन हो, र तिमीहरूले मासुसँग जीवन खानुहुँदैन।
योएल 1 : 6
6 अनगन्ती संख्या भएको एउटा शक्तिशाली जातिले मेरो देशलाई आक्रमण गरेको छ। त्यसका दाँतहरू सिंहका दाँतहरूजस्तै छन्, र त्यसका दाह्रा सिंहनीका जस्तै छन्।
१ इतिहास 11 : 19
19 “के मैले यी मानिसहरूको रगत पिउने? परमेश्वरले मलाई यस्तो काम गर्नबाट रोकून्! तिनीहरूले त यो पानी आफ्नो ज्यानको खतरामा ल्याएका हुन्! यसैले तिनले त्यो पिउन चाहेनन्। यी तीन जना वीर मानिहरूका वीरताको काम यस्तै थिए।
प्रकाश 17 : 6
6 अनि मैले त्यस स्त्रीलाई सन्तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखें। त्यसलाई देखेर म साह्रै अचम्मित भएँ।
प्रकाश 9 : 8
8 तिनीहरूका केश स्त्रीका केशजस्तै थिए, र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए।
प्रेरित 15 : 28 – 29
28 किनभने पवित्र आत्मा र हामीहरूलाई यो उचित लाग्यो, कि यी आवश्यक कुराहरूबाहेक अरू बढ़ी बोझ तपाईंहरूलाई बोकाउनुहुँदैन।
29 तपाईंहरू मूर्तिहरूलाई बलि चढ़ाएको थोक, रगत, गला अँठ्याएर मारेको पशुको मासु र व्यभिचारबाट अलग्ग रहनुहोस्। यी कुराहरूबाट अलग्ग रहनुभयो भने असल हुनेछ। बिदा।”
व्यवस्था 32 : 17
17 तिनीहरूले भूतहरूका निम्ति बलि चढ़ाए, जो ईश्वर होइनन्, तिनीहरूले नचिनेका देवताहरूलाई, भर्खरै देखा परेका देवताहरूलाई, तिमीहरूका पिता-पुर्खाले भक्ति नगरेका देवताहरूलाई।
Leave a Reply