यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पालनपोषण हेरचाह
भजनसंग्रह 82 : 3 – 4
3 दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्याय गर।
4 दुर्बल र दरिद्रहरूलाई छुटाओ, दुष्टहरूका हातबाट तिनीहरूलाई छुटकारा देओ।
मर्कूस 9 : 37
37 “जसले यस्ता साना बालकहरूमध्ये एक जनालाई मेरो नाउँमा ग्रहण गर्छ त्यसले मलाई नै ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ।”
भजनसंग्रह 72 : 4
4 उनले मानिसहरूमध्येका पीडितलाई रक्षा गर्नेछन्, र दरिद्रका छोराछोरीहरूलाई बचाउनेछन्, उनले अत्याचारीलाई दमन गर्नेछन्।
२ कोरिन्थी 9 : 6 – 8
6 तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ।
7 अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
8 परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक।
मत्ती 18 : 5
5 जसले मेरो नाउँमा एउटा यस्तो बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ।
भजनसंग्रह 10 : 14
14 तर हे परमेश्वर, तपाईं दु:ख र शोक देख्नुहुन्छ, तपाईंले ती आफ्नै हातमा लिनुहुन्छ, दु:खीले आफैलाई तपाईंमा सुम्पन्छ, अनाथको सहायक तपाईं नै हुनुहुन्छ।
मर्कूस 10 : 14
14 तर यो देखेर येशू रिसाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “साना बाल-बालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।
याकूब 1 : 27
27 परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।
१ शमूएल 1 : 27
27 यही बालकको निम्ति मैले प्रार्थना गरेकी थिएँ, अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो।
भजनसंग्रह 72 : 13 – 14
13 कमजोर र दरिद्रलाई उनले टिठ्याउनेछन्, र दरिद्रहरूको प्राण बचाउनेछन्।
14 अत्याचार र हिंसाबाट उनले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछन्, किनकि उनको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य छ।
मत्ती 25 : 40
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
यशैया 1 : 17
17 भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।
यूहन्ना 13 : 34
34 “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर।
लेवीहरू 19 : 33
33 “‘तिमीहरूसित वास गर्ने परदेशीसँग दुर्व्यवहार नगर्नू।
Leave a Reply