यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पार्सिमोनी
हाग्गै 1 : 2
2 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “यी मानिसहरू भन्छन्, ‘परमप्रभुको मन्दिर निर्माण गर्ने समय अझ आएको छैन’।”
हाग्गै 1 : 4
4 “यो मन्दिर भग्नावशेष भइरहेको देखेर पनि के तिमीहरू आफूचाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्ने समय यो हो र?”
हाग्गै 1 : 6
6 तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्याना हुँदैनौ। तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तर प्वाल परेको थैलीमा राख्छौ।”
हाग्गै 1 : 9
9 “तिमीहरूले धेरै आशा गर्यौ, तर हेर, थोरै मात्र हुन आयो। तिमीहरूले घरमा जे ल्यायौ, त्यो मैले फुकेर उड़ाइदिएँ। किन त?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “किनभने मेरो भवनचाहिँ भग्नावशेष भएको छ, तर तिमीहरू भने हरेक आफ्नो घरमा व्यस्त छौ।
मलाकी 3 : 9
9 सराप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ— तिमीहरू सम्पूर्ण जातिले।
मत्ती 26 : 9
9 किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो।”
यूहन्ना 12 : 5
5 “यो अत्तर तीन सय चाँदीका सिक्कामा बेचेर त्यो रकम गरीबहरूलाई दिए हुँदैनथ्यो?”
Leave a Reply