पारिवारिक समस्याहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पारिवारिक समस्याहरू

यर्मिया 33 : 3
3 ‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्‍त कुराहरू म तँलाई बताउनेछु’।

एफिसी 6 : 1 – 4
1 छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
2 आफ्‍ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),
3 कि तिमीहरूलाई भलो होस्, र पृथ्‍वीमा तिमीहरू दीर्घायु होओ।
4 बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।

कलस्सी 3 : 13
13 एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्‍यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ।

२ थेसलोनिकी 3 : 6
6 अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्‍छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्‍ने हरेक अल्‍छे भाइबाट अलग बस।

लूका 12 : 51 – 53
51 के तिमीहरू सम्‍झन्‍छौ कि म पृथ्‍वीमा शान्‍ति ल्‍याउन आएँ? होइन, म तिमीहरूलाई भन्‍दछु, बरु म विभाजन ल्‍याउन आएँ।
52 किनभने अब उसो एक परिवारमा पाँच जना एक-अर्कामा विभाजित हुनेछन्, तीन जनाका विरुद्धमा दुई, र दुई जनाका विरुद्धमा तीन।
53 तिनीहरूमा विभाजन हुनेछ— बाबुको विरुद्धमा छोरा, र छोराको विरुद्धमा बुबा, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू आफ्‍नी बुहारीको विरुद्धमा, र बुहारी त्‍यसकी सासूको विरुद्धमा।”

हितोपदेश 1 : 8
8 हे मेरो छोरा, आफ्‍नो बुबाको आदेश सुन्‌ र आफ्‍नी आमाको शिक्षा नत्‍याग्‌।

मत्ती 5 : 4
4 धन्‍य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌।

भजनसंग्रह 23 : 1 – 6
1 दाऊदको भजन [1] परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन।
2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्‍छ, र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ।
3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्‍छ। उहाँले आफ्‍नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्‍याउनुहुन्‍छ।
4 मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।
5 मेरा शत्रुहरूका सामुन्‍ने तपाईंले मेरो निम्‍ति भोज तयार पार्नुहुन्‍छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्‍छ, मेरो कचौरो भरिएर पोखिन्‍छ।
6 निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।

भजनसंग्रह 27 : 1 – 14
1 दाऊदको भजन [1] परमप्रभु मेरो ज्‍योति र मेरो मुक्ति हुनुहुन्‍छ, मैले कसको भय मान्‍नु? परमप्रभु नै मेरो जीवनको किल्‍ला हुनुहुन्‍छ, कोसँग म भयभीत हुनु?
2 जब दुष्‍ट मानिसहरू मेरो मासु खान [1] मेरो विरुद्ध अगि बढ्‌छन्‌, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्‌, तिनीहरू ठक्‍कर खाएर जमिनमा लोट्‌नेछन्‌।
3 सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैन। मेरो विरुद्धमा लड़ाइँ चले पनि त्‍यस बेला म पूरा आत्‍मविश्‍वास राख्‍नेछु।
4 एउटै कुरा म परमप्रभुसँग माग्‍दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्‍दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्‍दिरमा उहाँलाई खोज्‍न सकूँ।
5 किनकि सङ्कष्‍टको दिनमा उहाँले मलाई उहाँको वासस्‍थानमा सुरक्षित राख्‍नुहुनेछ, आफ्‍नो पवित्र वासस्‍थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्‍च राख्‍नुहुनेछ।
6 तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ, र उहाँको पवित्र वासस्‍थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु।
7 हे परमप्रभु, जब म उच्‍च सोरले कराउँछु, तब सुन्‍नुहोस्‌, ममाथि कृपालु हुनुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌।
8 मेरो हृदयले तपाईंको विषयमा भन्‍दछ, “उहाँको मुहारको खोजी गर्‌।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु।
9 तपाईंको मुहार मबाट नलुकाउनुहोस्‌, क्रोधमा तपाईंको दासलाई नहटाउनुहोस्‌। तपाईं मेरा सहायक हुनुभएको छ। मलाई इन्‍कार नगर्नुहोस्‌, मलाई नत्‍याग्‍नुहोस्‌, हे मेरा उद्धारकर्ता परमेश्‍वर!
10 मेरा बुबा र मेरी आमाले मलाई त्‍यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।
11 हे परमप्रभु, तपाईंको मार्ग मलाई सिकाउनुहोस्‌, र मेरा शत्रुहरूको कारण मलाई सोझो मार्गमा डोर्‍याउनुहोस्‌।
12 मेरा शत्रुहरूको इच्‍छामा मलाई नछोडिदिनुहोस्‌, किनकि झूटा गवाहहरू मेरो विरुद्धमा उठेका छन्‌, अनि तिनीहरू हिंसा गर्नलाई फुलिएर हिँड्‌छन्‌।
13 मलाई अझ पनि विश्‍वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमता म देख्‍नेछु।
14 परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्‌, र परमप्रभुकै प्रतीक्षा गर।

हितोपदेश 16 : 1 – 33
1 हृदयका योजनाहरू मानिसको हो, तर जिब्रोको जवाफ भने परमप्रभुबाट नै आउँछ।
2 मानिसका सारा मार्गहरू आफैलाई निर्दोष लाग्‍ला, तर त्‍यसका अभिप्रायहरू परमप्रभुद्वारा नै जोखिएका हुन्‍छन्‌।
3 तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्‍पिदे, र तेरा योजनाहरू सफल हुनेछन्‌।
4 परमप्रभुले सबै कुरा उहाँको आफ्‍नै उद्देश्‍यका लागि बनाउनुहुन्‍छ, दुष्‍टलाई समेत विनाशको दिनको लागि उहाँले राख्‍नुभएको छ।
5 परमप्रभु हृदयमा घमण्‍ड भएका सबैलाई घिनाउनुहुन्‍छ, यो निश्‍चय छ, तिनीहरू दण्‍डरहित रहनेछैनन्‌।
6 प्रेम र विश्‍वासयोग्‍यताद्वारा पापको प्रायश्‍चित हुन्‍छ, परमप्रभुको भयद्वारा मानिस खराबीदेखि अलग रहन्‍छ।
7 जब मानिसका मार्गहरू परमप्रभुलाई मन पर्ने हुन्‍छन्, उहाँले त्‍यसका शत्रुहरूलाई समेत त्‍यससँग मिलापमा राख्‍नुहुन्‍छ।
8 धार्मिकतासित थोरै हुनु अन्‍यायसँग धेरै लाभ भएको भन्‍दा उत्तम हो।
9 मानिसले आफ्‍नो हृदयमा आफ्‍नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्‍यसका कदमहरूको निर्धारण गर्नुहुन्‍छ।
10 राजाका ओठले दिव्‍यवाणी बोल्‍दछ, र तिनको मुखले न्‍यायलाई आघात पुर्‍याउनुहुँदैन।
11 ठीक नाप र तराजूहरू परमप्रभुबाटकै हुन्, थैलीमा भएका सबै ढकहरू उहाँकै काम हो।
12 राजाहरूले कुकर्म घिनाउँछन्, किनभने धार्मिकताद्वारा नै सिंहासन स्‍थापित हुन्‍छ।
13 राजाहरू ईमानदार ओठसँग प्रसन्‍न हुन्‍छन्, सत्‍य बोल्‍ने मानिसलाई तिनीहरू कदर गर्छन्‌।
14 राजाको क्रोध मृत्‍युको दूत हो, तर बुद्धिमान्‌ मानिसले त्‍यो शान्‍त गराउँछ।
15 जब राजाको मुहार उज्‍यालो हुन्‍छ, यसको अर्थ जीवन हुन्‍छ। तिनको निगाह वसन्‍त ऋतुका झरीको बादलजस्‍तै हो।
16 सुनभन्‍दा बुद्धि प्राप्‍त गर्नु, र चाँदीभन्‍दा त बरु समझदारी चुन्‍नु कत्ति उत्तम हुन्‍छ।
17 ईमानदारको मूलबाटो खराबीदेखि अलग रहन्‍छ। जसले आफ्‍नो बाटोको रखवाली गर्छ, त्‍यसले आफ्‍नो जीवनको रखवाली गर्छ।
18 सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्‍डी आत्‍मा आउँछ।
19 आत्‍मामा नम्र भएर थिचोमिचोमा परेकाहरूका माझमा रहनु अहङ्कारीहरूसित लूटको माल बाँड्‌नुभन्‍दा उत्तम हो।
20 उपदेशलाई ध्‍यान दिने मानिस फल्‍दो-फुल्‍दो हुन्‍छ, र परमप्रभुमा भरोसा राख्‍ने मानिसले आशिष्‌ पाउनेछ।
21 हृदयमा बुद्धिमान्‌ हुनेहरूलाई विवेकशील भनिन्‍छ, र मीठा वचनहरूले शिक्षा बढ़ाउँछन्‌।
22 समझदारी हुनेको निम्‍ति त्‍यो जीवनको मूल हो, तर मूर्खले मूर्खताकै कारण दण्‍ड ल्‍याउँछ।
23 बुद्धिमान्‌को हृदयले आफ्‍नो मुख सम्‍हाल्‍छ, र त्‍यसका ओठले शिक्षा बढ़ाउँछन्‌।
24 मीठा वचनहरू महका चाकाहरूजस्‍तै हुन्, जसले प्राणलाई मिठास दिन्‍छ, र हड्डीहरू निको पार्छ।
25 कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्‍त्‍यमा त्‍यसले मृत्‍युमा पुर्‍याउँछ।
26 परिश्रमीको पेटले नै त्‍यसलाई काम गर्न लाउँछ, त्‍यसको भोकले त्‍यसलाई कजाउँछ।
27 बदमाशले खराबी रच्‍दछ, अनि त्‍यसको बोलीवचन प्रखर आगोझैँ हुन्‍छ।
28 कुटिल मतिको मानिसले विवाद उत्‍पन्‍न गराउँछ, र कुरौटेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्‍याउँछ।
29 उपद्रवी मानिसले आफ्‍नो छिमेकीलाई फसाउँछ, र त्‍यसले उसलाई खराब बाटोतिर लैजान्‍छ।
30 आफ्‍नो आँखा झिम्‍क्‍याउनेले षड्‌यन्‍त्र रचेको हुन्‍छ, आफ्‍ना ओठ लेब्‍र्याउनेको स्‍वभाव खराब हुन्‍छ।
31 फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्‍त हुन्‍छ।
32 मानिस धैर्यवान्‌ हुनु लड़ाका योद्धा हुनुभन्‍दा उत्तम हो, आफ्‍नो क्रोध वशमा राख्‍नु सहरै कब्‍जा गर्नुभन्‍दा बेस हो।
33 सप्कोमा चिट्ठा त हालिन्‍छ, तर त्‍यसको प्रत्‍येक निर्णय परमप्रभुबाट नै हुन्‍छ।

हितोपदेश 13 : 22
22 असल मानिसले आफ्‍ना नाति-नातिनाहरूका निम्‍ति पैतृक-सम्‍पत्ति छोडिराख्‍छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्‍छ।

मत्ती 10 : 35 – 37
35 किनकि म मानिसलाई उसका बाबुको विरुद्ध, र छोरीलाई उसकी आमाको विरुद्ध, र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ।
36 मानिसका शत्रु उसको आफ्‍नो परिवार भित्रकैहरू हुनेछन्‌।
37 “जसले मलाई भन्‍दा बढ़ी आफ्‍ना बुबा वा आमालाई प्रेम गर्दछ, त्‍यो मेरो योग्‍यको हुँदैन। जसले मलाई भन्‍दा बढ़ी आफ्‍ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्‍यो मेरो योग्‍यको हुँदैन।

यहोशू 24 : 15
15 तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज— कि तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि पुजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू। तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”

भजनसंग्रह 127 : 1 – 5
1 यात्राको निम्‍ति सोलोमनको गीत [1] परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्‍यर्थ हुन्‍छ। परमप्रभुले सहरको रक्षा नगर्नुभए त, पालेहरूले गरेको रखवाली व्‍यर्थ हुन्‍छ।
2 भोजनको निम्‍ति परिश्रम गर्नलाई बिहान सबेरै उठ्‌नु, र राती अबेर सुत्‍न जानु व्‍यर्थ छ, किनकि उहाँले आफ्‍ना प्रियहरूलाई निद्रा दिनुहुन्‍छ।
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्‌, छोराछोरीहरू उहाँका इनाम हुन्‌।
4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्‍थामा जन्‍मेका छोराहरू हुन्‍छन्‌,
5 त्‍यो मानिस धन्‍यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्‍छ। मूल ढोकामा आफ्‍ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्‌।

लूका 14 : 28
28 “तिमीहरूमध्‍ये कसैले एउटा धरहरा बनाउने इच्‍छा गर्छ भने, त्‍यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्‍यसले पहिले नै बसेर हिसाब लाउँदैन र?

हितोपदेश 21 : 20
20 बुद्धिमान्‌ मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्‍छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उड़ाउँछ।

यूहन्‍ना 10 : 10
10 “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।

याकूब 4 : 8
8 परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।

यशैया 43 : 5
5 नडरा, किनकि म तँसित छु। म तेरा छोराछोरीहरूलाई पूर्वदेखि ल्‍याउनेछु, र पश्‍चिमदेखि तिमीहरूलाई भेला गर्नेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *