पाप

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पाप

याकूब 4 : 17
17 यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्‍यसले पाप गर्छ।

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

रोमी 6 : 23
23 किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो।

१ यूहन्‍ना 3 : 4
4 पाप गर्ने हरेकले व्‍यवस्‍था भङ्ग गर्दछ। पाप नै व्‍यवस्‍था भङ्ग हो।

रोमी 3 : 23
23 किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌।

यूहन्‍ना 3 : 16 – 17
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।
17 किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।

गलाती 5 : 16
16 तर म भन्‍दछु, पवित्र आत्‍माद्वारा हिँड़, र पापमय स्‍वभावका लालसा पूरा नगर।

याकूब 4 : 7
7 यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।

१ यूहन्‍ना 1 : 8 – 10
8 यदि हामीमा पाप छैन भनी हामी भन्‍छौं भनेता हामीले आफैलाई धोका दिन्‍छौं, र हामीमा सत्‍य हुँदैन।
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।
10 यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्‍छौं भने हामी उहाँलाई झूटा तुल्‍याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।

१ यूहन्‍ना 5 : 17
17 सबै अधर्म पाप हो, तर यस्‍तो पाप पनि हुन्‍छ जो मृत्‍युजनक हुँदैन।

याकूब 1 : 15
15 तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।

२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

मत्ती 5 : 28
28 तर म तिमीहरूलाई भन्‍दछु, जसले कोही स्‍त्रीलाई कामवासनाको इच्‍छाले हेर्दछ, त्‍यसले अघिबाटै आफ्‍नो हृदयमा त्‍यससँग व्‍यभिचार गरिसकेको हुन्‍छ।

२ कोरिन्थी 5 : 21
21 किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो।

१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

मत्ती 5 : 48
48 यसकारण जस्‍तो तिमीहरूका स्‍वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्‍छ, तिमीहरू पनि त्‍यस्‍तै सिद्ध हुनुपर्दछ।”

रोमी 5 : 12
12 एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्‍यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्‍यु फैलियो।

मत्ती 15 : 17 – 20
17 के तिमीहरूलाई थाहा छैन, जे मुखभित्र पस्‍छ त्‍यो पेटमा गइहाल्‍छ, र बाहिर निस्‍किहाल्‍छ?
18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्‍कन्‍छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्‍याउँछन्‌।
19 किनकि हृदयबाट नै खराब विचार, हत्‍या, परस्‍त्रीगमन, व्‍यभिचार, चोरी, झूटो गवाही र निन्‍दा बाहिर निस्‍कन्‍छन्‌।
20 यी कुराहरूले चाहिँ मान्‍छेलाई अशुद्ध पार्छन्‌। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।”

मत्ती 5 : 21 – 22
21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्‍या नगर्नू, र जसले हत्‍या गर्छ त्‍यो दण्‍डको योग्‍य हुनेछ।’
22 तर म तिमीहरूलाई भन्‍दछु, जो कोही आफ्‍नो भाइसँग क्रोध गर्दछ त्‍यो दण्‍डको योग्‍य हुनेछ, र जसले आफ्‍नो भाइको अपमान गर्दछ, त्‍यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्‍नो भाइलाई ‘तँ मूर्ख’ भन्‍छ, त्‍यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।

मत्ती 7 : 23
23 अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *