पहरेदार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पहरेदार

श्रेष्‍ठगीत 3 : 3
3 सहरमा घुम्‍दै गरेका पहरेदारहरूले मलाई भेट्टाए। “के तपाईंले मेरो हृदयका प्रेमीलाई देख्‍नुभयो?”

श्रेष्‍ठगीत 5 : 7
7 सहरमा घुम्‍दै गरेका पहरेदारहरूले मलाई भेटे, तिनीहरूले मलाई पिटे र चोटै-चोट पारे, पर्खालका ती पहरेदारहरूले मेरो खास्‍टो पनि खोसेर लगे।

२ शमूएल 13 : 34
34 त्‍यसै बीचमा अब्‍शालोम भागेर गए। तब पहरादारले यसो मास्‍तिर हेर्दा मानिसहरूको एउटा भीड़ होरोनैमदेखि डाँड़ै-डाँड़ा तलतिर झरिरहेको देख्‍यो। त्‍यसले आएर राजालाई यसो भनेर खबर दियो, “होरोनैमदेखि डाँड़ै-डाँड़ा मानिसहरू आइरहेका मैले देखें।”

२ शमूएल 18 : 25
25 त्‍यस पहरादारले कराएर राजालाई यो कुरा बताइदियो। राजाले भने, “त्‍यो एकलै छ भने त्‍यसले केही राम्रो समाचार ल्‍याएको होला।” त्‍यो मानिस झन्‌ नजिक आइपुग्‍यो।

नहेम्‍याह 4 : 9
9 तर हामीले हाम्रा परमेश्‍वरको प्रार्थना गर्‍यौं, र रातदिन उनीहरूका विरुद्धमा पहरा राख्‍यौं।

नहेम्‍याह 7 : 3
3 मैले तिनीहरूलाई भनें, “यरूशलेमका मूल ढोकाहरू घाम निकै लागेपछि मात्र खोल्‍नू। द्वारपालहरू पहरामा बस्‍दा मूल ढोकाहरू बन्‍द गरेर आग्‍लाहरू लाउन लगाउनू। कसैलाई पहरा बस्‍न र कसैलाई चाहिँ आफ्‍नै घरको सामुन्‍ने रक्षा गर्न यरूशलेमकै बासिन्‍दाहरूबाट रक्षकहरूलाई नियुक्त गर।”

यशैया 52 : 8
8 ध्‍यानसित सुन्‌। तेरा पहरादारहरू आफ्‍नो सोर उचालेर एकसाथ आनन्‍दले कराउँछन्‌। जब परमप्रभु सियोनमा आउनुहुन्‍छ, तब तिनीहरूले त्‍यो आफ्‍नै आँखाले देख्‍नेछन्‌।

यशैया 62 : 6
6 मैले तेरा पर्खालहरूमा पहरा बस्‍नेहरू राखेको छु, ए यरूशलेम! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्‍नेछन्‌। हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ,

यर्मिया 51 : 12
12 बेबिलोनका पर्खालहरूका विरुद्धमा झन्‍डा उठाओ। गारदलाई बलियो पार। पहरा-चौकी खटाओ। लुकेर हमला गर्ने ठाउँ तयार पार। बेबिलोनका मानिसहरूका विरुद्धमा परमप्रभुले आफ्‍नो उर्दी दिनुभएको छ, उहाँले आफ्‍नो अभिप्राय पूरा गर्नुहुनेछ।

२ राजाहरू 9 : 17
17 जब यिजरेलको धरहरामा उभिरहेको पहरादारले येहूका फौजलाई आइरहेका देखे, तब उनले कराएर भने, “म केही फौजहरू आइरहेका देख्‍दैछु।” योरामले हुकुम दिए, “एउटा घोड़चढ़ी तिनीहरूलाई भेट गर्न पठाएर सोध्‍न लगा, ‘के तपाईंहरू मित्रभावले आउनुभएको हो?”

२ इतिहास 20 : 24
24 जब यहूदाका मानिसहरू उजाड़-स्‍थानमा भएको अल्‍गो ठाउँमा आइपुगे र शत्रुको सैन्‍य-दललाई हेरे, तब त्‍यहाँ तिनीहरूले उनीहरूलाई भूइँमा मारिएर पड़िरहेका देखे, अनि उनीहरूमध्‍ये एउटै पनि उम्‍केको थिएन।

यशैया 21 : 12
12 पहरादारले जवाफ दिन्‍छ, “बिहान हुँदैछ, र रात पनि पर्दैछ। तिम्रो केही सोध्‍नु छ भने सोध, र फेरि फर्केर आऊ।”

यर्मिया 31 : 6
6 यस्‍तो दिन आउनेछ, जब एफ्राइमको पहाड़ी देशमा पहरादारहरू यसरी कराउनेछन्, ‘आओ, हामी सियोनमा परमप्रभु हाम्रा परमेश्‍वरकहाँ जाऔं’।”

२ राजाहरू 11 : 7
7 अनि तिमीहरू जो अरू दुई दलमा छौ जसले साधारणतया शबाथमा खटाइएका कामबाट फुर्सत पाउँछौ, तिमीहरू सबैले चाहिँ राजाका निम्‍ति मन्‍दिरको रक्षा गर्नू।

इजकिएल 33 : 6
6 तर यदि तरवार आइरहेको देखेर पनि त्‍यस पहरादारले मानिसहरूलाई चेताउनी दिनलाई तुरही बजाएन, र तरवार आएर कुनै एक जनाको ज्‍यान लियो भने, त्‍यो मानिसचाहिँ आफ्‍नै पापको कारण लगिनेछ, तर म त्‍यस पहरादारलाई नै त्‍यसका रगतको जवाफदेही तुल्‍याउनेछु’।

इजकिएल 33 : 6
6 तर यदि तरवार आइरहेको देखेर पनि त्‍यस पहरादारले मानिसहरूलाई चेताउनी दिनलाई तुरही बजाएन, र तरवार आएर कुनै एक जनाको ज्‍यान लियो भने, त्‍यो मानिसचाहिँ आफ्‍नै पापको कारण लगिनेछ, तर म त्‍यस पहरादारलाई नै त्‍यसका रगतको जवाफदेही तुल्‍याउनेछु’।

मत्ती 28 : 14
14 कतै हाकिमको कानमा यो कुरा पुगिहाल्‍यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं।”

प्रेरित 12 : 19
19 हेरोदले तिनको खोजी गरेर पनि फेला नपार्दा, सिपाहीहरूको जाँच गरी तिनीहरूलाई ज्‍यानसजायको हुकुम गरे। हेरोदचाहिँ यहूदियाबाट कैसरिया गएर त्‍यहीँ नै बसे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *