यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परिक्षण
रोमी 5 : 4
4 सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ।
उत्पत्ति 2 : 17
17 तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्।
उत्पत्ति 3 : 3
3 तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, ‘त्योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।”
उत्पत्ति 15 : 16
16 चौथो पुस्तामा तेरा सन्तानहरू फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन।”
१ राजाहरू 3 : 14
14 अनि तेरो पिता दाऊदले गरेझैँ यदि तँ मेरा मार्गमा हिँड़िस् र मेरा धर्म-विधिहरू र आज्ञाहरू पालन गरिस् भने, म तँलाई दीर्घायु तुल्याउनेछु।”
१ राजाहरू 9 : 9
9 मानिसहरूले यस्तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई त्यागेका छन्, जसले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुभएको थियो, र तिनीहरूले अरू देवताहरूको सेवा गर्दै र यिनीहरूलाई पुज्दै आलिङ्गन गरेका छन्। यसैकारणले हो कि परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो’।”
१ राजाहरू 11 : 12
12 तापनि तेरो पिता दाऊदको खातिर यो तेरै जीवनकालमा चाहिँ म गर्नेछैनँ। म यो राज्य तेरो छोराको हातबाट खोस्नेछु।
मत्ती 25 : 30
30 त्यस बेकम्मा नोकरलाई चाहिँ बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’
लूका 19 : 27
27 तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्याओ, र तिनीहरूलाई मेरै सामुन्ने मार’।”
लूका 13 : 9
9 र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईंले त्यसलाई ढालिदिनोस्’।”
लूका 16 : 12
12 यदि तिमीहरू अर्काको धनमा ईमानदार भएनौ भने, तिमीहरूको आफ्नै धन तिमीहरूलाई कसले देला र?
मत्ती 12 : 32
32 कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन।
मत्ती 25 : 13
13 “यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरूलाई थाहा छैन।
Leave a Reply