परमेश्वरको महिमा गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परमेश्वरको महिमा गर्दै

१ इतिहास 16 : 28
28 जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ।

भजनसंग्रह 22 : 23
23 परमप्रभुको भय मान्‍नेहरू जतिले उहाँको प्रशंसा गर। याकूबका सबै सन्‍तान हो, उहाँको महिमा गर। हे इस्राएलका सबै सन्‍तान हो, उहाँको भक्ति गर।

यशैया 42 : 12
12 तिनीहरूले परमप्रभुलाई महिमा देऊन्, र टापूहरूमा उहाँका प्रशंसाको घोषणा गरून्‌।

१ इतिहास 16 : 29
29 परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको सामु आओ। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर,

भजनसंग्रह 99 : 9
9 परमप्रभु हाम्रा परमेश्‍वरको नाउँ उच्‍च पार, र उहाँको पवित्र पर्वतमा उपासना गर, किनकि परमप्रभु हाम्रा परमेश्‍वर पवित्र हुनुहुन्‍छ।

प्रकाश 15 : 4
4 हे परमप्रभु, तपाईंको डर कसले मान्‍दैन? र तपाईंका नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्‍छ। सबै जातिले आएर तपाईंलाई दण्‍डवत्‌ गर्नेछन्, किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट भएका छन्‌।”

भजनसंग्रह 115 : 1
1 हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करुणा र विश्‍वसनीयताको खातिर तपाईंको आफ्‍नै नाउँको महिमा होस्‌।

रोमी 15 : 9
9 यस हेतुले कि अन्‍यजातिहरूले उहाँका कृपाको निम्‍ति परमेश्‍वरको महिमा गरून्‌। जस्‍तो लेखिएको छ, “यसैकारण अन्‍यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्‍तुति गाउनेछु।”

यशैया 25 : 1
1 हे परमप्रभु, तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, म तपाईंको नाउँलाई उच्‍च पार्दछु र तपाईंका नाउँको प्रशंसा गर्दछु, किनकि सम्‍पूर्ण विश्‍वासमा तपाईंले आश्‍चर्यका कामहरू गर्नुभयो, ती कामहरू जो धेरै अघि तादिमा योजना गरिएका थिए।

मत्ती 15 : 31
31 यहाँसम्‍म कि, गूँगाहरू बोलेका, लुलाहरू निको भएका, लङ्गड़ा हिँड़ेका, र अन्‍धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्‍क परे, र तिनीहरूले इस्राएलका परमेश्‍वरको महिमा गरे।

प्रेरित 4 : 21
21 तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्‍काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्‍यसको निम्‍ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए।

यशैया 25 : 3
3 यसैकारण बलिया जातिहरूले तपाईंलाई मान दिनेछन्, र क्रूर जातिहरूका सहरहरूले तपाईंलाई सम्‍मान दिनेछन्‌।

इजकिएल 28 : 22
22 र भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘हे सीदोन, म तेरो विरुद्धमा छु, तँभित्रै म महिमा प्राप्‍त गर्नेछु। जब म त्‍यसलाई दण्‍ड दिनेछु, र मेरो पवित्रता त्‍यसभित्रै प्रकट गर्नेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।

प्रकाश 14 : 7
7 तिनले चर्को सोरमा भने, “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्‍साफको घड़ी आएको छ। स्‍वर्ग, पृथ्‍वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्‍डवत्‌ गर।”

भजनसंग्रह 50 : 15
15 र सङ्कष्‍टको दिनमा मलाई पुकार्‌, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्‌।”

प्रेरित 11 : 18
18 यी कुरा सुनेपछि तिनीहरू चूप भए, र यसो भन्‍दै तिनीहरूले परमेश्‍वरको महिमा गरे, “अब त परमेश्‍वरले अन्‍यजातिहरूलाई पनि जीवनको निम्‍ति पश्‍चात्ताप दिनुभएछ।”

२ कोरिन्थी 9 : 13
13 सेवाको यस जाँचअन्‍तर्गत तिमीहरूले ख्रीष्‍टको सुसमाचार स्‍वीकार गर्ने आफ्‍नो भावना आज्ञाकारिताद्वारा तथा तिनीहरू र अरू सबैका निम्‍ति तिमीहरूले उदार-चित्तले दिएको भेटीद्वारा परमेश्‍वरको महिमा हुनेछ।

गलाती 1 : 24
24 तिनीहरूले मेरो कारण परमेश्‍वरलाई महिमा दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *