यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् न्यायहरू
उत्पत्ति 3 : 15
15 तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”
उत्पत्ति 3 : 16
16 स्त्रीलाई उहाँले भन्नुभयो, “तेरो सुत्केरी-वेदना म ज्यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्माउनेछस्। तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।”
उत्पत्ति 3 : 19
19 माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस्, र माटैमा फर्किजानेछस्।”
उत्पत्ति 4 : 15
15 तर परमप्रभुले तिनलाई भन्नुभयो, “त्यसो होइन, जसले कयिनलाई मार्छ त्यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस् भनी परमप्रभुले तिनीमाथि एउटा चिन्ह लगाइदिनुभयो।
उत्पत्ति 19 : 25
25 यसरी उहाँले ती सहरहरू र जम्मै बेँसी र सहरहरूका सबै बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोक सर्वनाश गरिदिनुभयो।
लेवीहरू 10 : 3
3 तब मोशाले हारूनलाई भने, “परमप्रभुले भन्नुभएको कुरा यही हो: ‘मेरो नजिक आउनेहरूमा म पवित्र बन्नेछु, अनि सारा मानिसहरूका सामु म महिमित हुनेछु’।” हारून चूप बसे।
गन्ती 12 : 15
15 तब मिरियम सात दिनसम्म छाउनीबाहिर थुनिइन्, र मिरियमलाई भित्र नल्याउञ्जेल मानिसहरू पनि अगाड़ि बढ़ेनन्।
प्रस्थान 32 : 35
35 अनि हारूनले बनाएको बाछोप्रति तिनीहरूले जे गरे त्यसैको निम्ति परमप्रभुले मानिसहरूलाई रूढ़ीले मार्नुभयो।
गन्ती 11 : 1
1 यतिखेर परमप्रभुको कानमा पुग्ने गरी ती मानिसहरू आफ्ना कष्टहरूका विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्नुभयो, तब उहाँको क्रोध दन्क्यो, र परमप्रभुको अग्नि सल्केर छाउनीको पल्लो भाग भस्म पारिदियो।
गन्ती 11 : 34
34 यसकारण त्यस ठाउँको नाउँ किब्रोथ-हत्तावा [2] राखियो, किनभने अरू खानाको लालच गर्ने मानिसहरूलाई त्यहीँ नै तिनीहरूले गाड़ेका थिए।
गन्ती 14 : 23
23 तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्नेछैन। मलाई तिरस्कार गर्नेले त्यो कहिल्यै देख्नेछैन।
गन्ती 14 : 32
32 तर तिमीहरूका लाशचाहिँ यही उजाड़-स्थानमा छोड़िनेछन्।
गन्ती 14 : 37
37 किनभने तिनीहरूले अशुभ खबर ल्याएर जम्मै समुदायलाई मोशाको विरुद्धमा बोल्न लाएका थिए।
गन्ती 21 : 6
6 तब परमप्रभुले ती मानिसहरूका बीचमा विषालु सर्पहरू पठाइदिनुभयो, र सर्पले मानिसहरूलाई डसे, र इस्राएलीहरूका धेरै जना मरे।
गन्ती 25 : 5
5 मोशाले इस्राएलका न्यायकर्ताहरूलाई भने, “तिमीहरू हरेकले पोरको बाल देवतालाई पुज्ने सबै मानिसहरूलाई मार्नुपर्छ।”
गन्ती 25 : 9
9 तर विपत्तिमा मर्नेहरू चौबीस हजार थिए।
गन्ती 14 : 39
39 जब मोशाले सबै इस्राएलीहरूलाई यी कुरा बताइदिए, तब मानिसहरूले ज्यादै बिलौना गर्न लागे।
Leave a Reply