यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नेथन्याह
२ राजाहरू 25 : 23
23 जब सेनाका सबै अधिकृतहरू र तिनीहरूका मानिसहरूले बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल नियुक्त गरेको कुरा सुने, तब तिनीहरू मिस्पामा गदल्याहकहाँ आए— नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह, र तिनीहरूका मानिसहरू।
२ राजाहरू 25 : 25
25 तर सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राजकीय खूनका थिए, दश जना मानिसहरूलाई लिएर आए, अनि गदल्याह र तिनीसँग मिस्पामा भएका यहूदा र बेबिलोनका मानिसहरूलाई हत्या गरे।
यर्मिया 40 : 8
8 तब तिनीहरू मिस्पामा गदल्याहकहाँ आए। तिनीहरू यी नै थिए: नतन्याहका छोरा इश्माएल, कारेहका दुई छोराहरू योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एफैका छोराहरू, माकातीका छोरा याजन्याह र यिनीहरू सबैका मानिसहरू।
यर्मिया 40 : 15
15 तब कारेहका छोरा योहानानले मिस्पामा गदल्याहलाई एकान्तमा भने, “नतन्याहको छोरो इश्माएललाई मार्न मलाई अनुमति दिनुहोस्। यो कुरा कसैले थाहा पाउनेछैन। तपाईंका चारैतिर जम्मा भएका यहूदीहरू तितरबितर हुनलाई, र यहूदाका बाँकी रहेकाहरू नष्ट हुनलाई त्यसले किन तपाईंको ज्यान लिने?”
यर्मिया 41 : 2
2 तब नतन्याहको छोरो इश्माएल र ती दश जना मानिसहरू उठेर बेबिलोनका राजाले देशको लागि राज्यपाल नियुक्त गरेका शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले मारे।
यर्मिया 41 : 7
7 जब तिनीहरू सहरभित्र आए तब नतन्याहको छोरो इश्माएल र त्यसको साथमा भएका मानिसहरूले तिनीहरूलाई मारे, र तिनीहरूका लाश एउटा इनारमा फालिदिए।
यर्मिया 41 : 12
12 तब तिनीहरू आफ्ना सबै मानिसहरूलाई लिएर नतन्याहको छोरो इश्माएलसित लड़ाइँ गर्नलाई हिँड़े। तिनीहरूले त्यसलाई गिबोनको ठूलो दहनेर भेट्टाए।
१ इतिहास 25 : 2
2 आसापका छोराहरूबाट: जक्कूर, योसेफ, नतन्याह र असरेला। राजाका अधीनमा अगमवाणी बोल्ने आसापको अधीनमा यिनीहरू थिए।
१ इतिहास 25 : 12
12 पाँचौँ नतन्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
२ इतिहास 17 : 8
8 तिनीहरूसँग कोही लेवीहरू थिए, अर्थात् शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, अनि पूजाहारी एलीशामा र यहोराम।
यर्मिया 36 : 14
14 तब अधिकारीहरू सबै मिलेर नतन्याहका छोरा, शेलेम्याहका नाति, कूशीका पनाति यहूदीलाई बारूककहाँ यो समाचार भनी पठाए, “मानिसहरूलाई पढ़ेर सुनाएको पत्रको मुट्ठो लिएर यहाँ आऊ।” यसैले नेरियाहका छोरा बारूक त्यो लिएर तिनीहरूकहाँ आए।
Leave a Reply