निष्पक्ष

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् निष्पक्ष

यशैया 56 : 1 – 12
1 परमप्रभु यसो भन्‍नुहुन्‍छ, “न्‍याय कायम राख। जे ठीक छ, त्‍यो गर, किनकि मबाट पाउने उद्धार नजिकै छ, र मेरो धार्मिकता चाँड़ै प्रकट हुनेछ।
2 त्‍यो मानिस धन्‍यको हो जसले यो गर्दछ, त्‍यो मानिस, जो यस कुरामा स्‍थिर रहन्‍छ, जसले शबाथ-दिन बिटुलो नपारी मान्‍छ, र आफ्‍नो हात कुनै पनि खराब गर्नबाट अलग राख्‍छ।”
3 परमप्रभुसँग आफूलाई बन्‍धनमा बाँधेको कुनै विदेशीले यसो नभनोस्, “निश्‍चय नै परमप्रभुले मलाई आफ्‍नो प्रजाबाट अलग गर्नुहुनेछ।” कुनै पनि नपुंसकले यस्‍तो उजूर नगरोस्, “हेर, म त सुकेको रूख हुँ।”
4 किनकि परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा शबाथहरू पालन गर्ने, मलाई इच्‍छा लागेको काम गर्ने, र मेरो करारलाई दृढ़तापूर्वक समात्‍ने नपुंसकहरूलाई
5 म मेरो मन्‍दिर र त्‍यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्‍दा पनि अझ असल स्‍मारक तुल्‍याउनेछु, र तिनीहरूलाई अझ असल नाउँ दिनेछु। म तिनीहरूलाई कहिल्‍यै नकाटिने अनन्‍तको नाउँ दिनेछु।
6 “परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, शबाथ-दिन बिटुलो नपारी मान्‍न र मेरो करार पालन गर्न परमप्रभुमा बाँधिएका सबै विदेशीहरूलाई
7 म मेरो पवित्र पर्वतमा ल्‍याएर मेरो प्रार्थनाको घरमा आनन्‍दित तुल्‍याउनेछु। तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्‍य हुनेछन्, किनकि मेरो भवन सबै जातिहरूका निम्‍ति प्रार्थनाको घर भनिनेछ।”
8 इस्राएलका निकालिएकाहरूलाई भेला गराउनुहुने— परमप्रभु परमेश्‍वर यो घोषणा गर्नुहुन्‍छ, “भेला भइसकेकाहरू बाहेक म तिनीहरूकहाँ अझै अरूलाई पनि भेला गर्नेछु।”
9 हे मैदानका सबै पशु हो, आओ। हे वनका सबै पशु हो, आएर खाओ!
10 इस्राएलका पहरादारहरू अन्‍धा छन्‌। तिनीहरू सबै ज्ञानविहीन छन्‌। तिनीहरू भुक्‍न नसक्‍ने गूँगो कुकुरजस्‍तै छन्‌। पल्‍टिरहने र सपना देख्‍ने, सुत्‍न मात्र तिनीहरू मन गर्छन्‌।
11 तिनीहरू त साह्रै भोकाएका कुकुरहरू हुन्‌। तिनीहरू कहिल्‍यै अघाउँदैनन्‌। ती अबुझ गोठालाहरू हुन्‌। तिनीहरू जम्‍मै आफ्‍नै बाटोतिर लागेका छन्‌। प्रत्‍येकले आफ्‍नै लाभ मात्र खोज्‍छन्‌।
12 तिनीहरू हरेक भन्‍छन्, “आओ, मलाई दाखमद्य ल्‍याउन देओ! हामी कडा मद्य खूब पिऔं! भोलि पनि आजको दिनझैँ हुनेछ अथवा आजभन्‍दा अझ राम्रो।”

लेवीहरू 1 : 1 – 17
1 परमप्रभुले मोशालाई भेट हुने पालभित्रबाट बोलाएर भन्‍नुभयो,
2 “इस्राएलीहरूलाई भन्‌: ‘तिमीहरूमध्‍ये कुनै पनि मानिसले परमप्रभुको निम्‍ति बलि चढ़ाउँदा तिमीहरूको पशु-बलि गाई-गोरुको बथान अथवा भेड़ाबाख्राका बगालबाट त्‍यसले चढ़ाओस्‌।
3 “‘यदि त्‍यसको बलि गाई-गोरुको होमबलि हो भने, त्‍यसले निष्‍खोट बाछोचाहिँ चढ़ाओस्‌। भेट हुने पालको ढोकामा त्‍यसले त्‍यो चढ़ाओस्, र परमप्रभुको सामुन्‍ने त्‍यो ग्रहणयोग्‍य हुनेछ।
4 त्‍यसले होमबलिको टाउकोमाथि आफ्‍नो हात राखोस्, र त्‍यो त्‍यसको प्रायश्‍चितको लागि ग्रहणयोग्‍य हुनेछ।
5 त्‍यसले त्‍यस बाछालाई परमप्रभुको सामु काटेर मारोस्‌। अनि हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूले रगत नजिक लगेर भेट हुने पालका ढोकाका सामुन्‍नेको वेदीमा वरिपरि छर्कून्‌।
6 त्‍यसपछि त्‍यसले होमबलिको छाला काढ़ेर त्‍यसलाई टुक्रा-टुक्रा गरी काटोस्‌।
7 पूजाहारी हारूनका छोराहरूले वेदीमा आगो लगाएर दाउराहरू सजाएर आगोमाथि राखून्‌।
8 हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूले वेदीमाथिको आगोमा राखेका दाउरामाथि ती टुक्राहरू, टाउको र बोसो सजाएर राखून्‌।
9 त्‍यसले त्‍यसका आन्‍द्रा-भुँड़ी र खुट्टाहरूचाहिँ पानीले धोओस्, र ती जम्‍मैलाई पूजाहारीले वेदीमा जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात्‌ होमबलि हो।
10 “‘यदि त्‍यसको बलि बगालबाट भेड़ा वा बाख्राको होमबलि हो भने, त्‍यसले निष्‍खोट थुमा वा पाठोचाहिँ चढ़ाओस्‌।
11 त्‍यसले परमप्रभुको सामु वेदीको उत्तरपट्टि त्‍यो काटेर मारोस्‌ र हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीले त्‍यसको रगत वेदीमा वरिपरि छर्कून्‌।
12 त्‍यसले त्‍यो टाउको र बोसोसमेत टुक्रा-टुक्रा गरी काटोस्, र वेदीमा भएको आगोमाथिका दाउरामा पूजाहारीले ती सजाएर राखून्‌।
13 त्‍यसका आन्‍द्रा-भुँड़ी र खुट्टाहरूचाहिँ पानीले पखालेर ती जम्‍मै पूजाहारीले वेदीमा डढ़ाएर जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात्‌ होमबलि हो।
14 “‘यदि परमप्रभुको निम्‍ति त्‍यसको बलि पक्षीहरूको होमबलि हो भने, आफ्‍नो बलि ढुकुर कि परेवाका बचेराहरूबाट त्‍यसले चढ़ाओस्‌।
15 पूजाहारीले वेदीनेर त्‍यो ल्‍याएर त्‍यसको टाउको निमोठेर चुँड़ाऊन्, र त्‍यसलाई वेदीमा जलाऊन्, अनि रगतचाहिँ वेदीको छेउमा निथारिओस्‌।
16 त्‍यसले त्‍यसका मलसमेतका घुस्‍यौटी झिकेर वेदीको पूर्वपट्टि खरानी रहने ठाउँमा फ्‍याँकोस्‌।
17 त्‍यसले त्‍यसलाई नटुक्र्याईकन पखेटाको बीचबाट फारोस्‌। पूजाहारीले वेदीमा भएको आगोमाथिका दाउरामा त्‍यो जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात्‌ होमबलि हो’।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *