यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् निवेदन
प्रस्थान 5 : 18
18 अब गएर काम गर। परालचाहिँ तिमीहरूलाई दिइनेछैन, तापनि इँटको तोकेको संख्या तिमीहरूले दिनैपर्छ।”
गन्ती 27 : 5
5 मोशाले तिनीहरूको मामिला परमप्रभुकहाँ ल्याए।
गन्ती 32 : 5
5 यदि हामीमाथि तपाईंको निगाह भए यी देश हाम्रो अधिकारमा दिनुहोस्। हामीलाई यर्दन पारि चाहिँ नलैजानुहोस्।”
गन्ती 36 : 5
5 तब परमप्रभुको आज्ञाअनुसार मोशाले इस्राएलीहरूलाई यसो भनेर आदेश दिए: “योसेफका छोराहरूको कुलले भनेको कुरा ठीकै हो।
यहोशू 17 : 4
4 तिनीहरूले पूजाहारी एलाजार, नूनका छोरा यहोशू र नायकहरूका सामुन्ने आएर यसो भने, “हामीलाई हाम्रा दाजुभाइहरूका बीचमै अधिकार दिनू भनेर परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो।” परमप्रभुको आज्ञाअनुसार यिनले तिनीहरूलाई तिनका काकाहरूका बीचमा भाग दिए।
यहोशू 17 : 14
14 योसेफका सन्तानले यहोशूलाई यसो भने, “परमप्रभुले हामीलाई अहिलेसम्म प्रशस्त आशिष् दिनुभएको हुनाले हामी गन्तीमा बढ्ता नै छौं भन्ने जानेर पनि हाम्रो अधिकारको निम्ति किन एउटै भाग मात्र तपाईंले दिनुभयो?”
यहोशू 17 : 16
16 योसेफका सन्तानले भने, “पहाड़ी देशमा हामी अटाउँदैनौं। अनि बेथ-शान र त्यसका बस्तीहरूमा बस्नेहरूसँग र यिजरेलको बेँसीमा बस्ने सबै कनानीहरूसँग फलामका रथहरू छन्।”
यहोशू 21 : 2
2 कनान देशको शीलोमा तिनीहरूलाई यसो भने, “हामीलाई बस्नका निम्ति सहरहरू र हाम्रा बस्तुहरूलाई खर्कका निम्ति वरिपरिका ठाउँहरू हामीलाई दिनू भनी परमप्रभुले मोशाद्वारा हुकुम गर्नुभएको छ।”
१ राजाहरू 1 : 21
21 नत्रता जब हजूर आफ्ना पितृहरूसित सुतिजानुहुनेछ, तब म र मेरो छोरो सोलोमनलाई अपराधीझैँ व्यवहार गरिनेछ।”
१ राजाहरू 12 : 17
17 तर यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूमाथि रहबामले अझै शासन गरे।
२ राजाहरू 8 : 3
3 सात वर्षको आखिरमा तिनी पलिश्तीहरूको देशबाट फर्केर आइन्, र आफ्नो घर र जग्गाजमिन फिर्ता पाउनलाई बिन्ती गर्न राजाकहाँ गइन्।
२ राजाहरू 8 : 6
6 राजाले ती स्त्रीलाई त्यस विषयमा सोधे, र तिनले पनि बताइदिइन्। तब राजाले तिनको मुद्दा एउटा अधिकारीको जिम्मामा लगाइदिए, र तिनलाई भने, “तिनका सबै जग्गाजमिन र तिनले देश छोड़ेर गएको समयदेखि अहिलेसम्मका जग्गाजमिनबाट आएको आम्दानीसमेत तिनलाई फिर्ता गरिदिनू।”
Leave a Reply