नियमित चर्च उपस्थिति

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नियमित चर्च उपस्थिति

हिब्रू 10 : 25
25 कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।

मत्ती 18 : 20
20 किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्‍छन्, त्‍यहाँ म तिनीहरूका माझमा हुनेछु।”

कलस्सी 3 : 16
16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ।

प्रेरित 2 : 42
42 तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्‍न र प्रार्थनामा भक्तिसाथ लागिरहन्‍थे।

मत्ती 16 : 18
18 म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्‍डली [1] यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌।

याकूब 1 : 22
22 तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।

रोमी 10 : 17
17 जे सुनिएको छ, त्‍यसैबाट विश्‍वास आउँछ र जे सुनिन्‍छ त्‍यो ख्रीष्‍टको प्रचारबाट आउँछ।

१ पत्रुस 2 : 2
2 नयाँ जन्‍मेका बालकहरूजस्‍तै शुद्ध आत्‍मिक दूधको तृष्‍णा गर, र त्‍यसबाट तिमीहरू आफ्‍नो मुक्तिमा बढ्‌दैजान सक्‍नेछौ।

२ तिमोथी 4 : 2
2 वचन प्रचार गर, समय र बेसमयमा तत्‍पर बस, अर्ती देऊ, हप्‍काऊ, उत्‍साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक।

एफिसी 4 : 12
12 कि ख्रीष्‍टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्,

मत्ती 28 : 19 – 20
19 यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ,
20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *