यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नामाह
उत्पत्ति 4 : 22
22 सिल्लाले तूबल-कयिनलाई जन्माइन्। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्।
१ राजाहरू 14 : 21
21 सोलोमनका छोरा रहबामले यहूदामा राज्य गरे। तिनी एकचालीस वर्षको उमेरमा राजा भए। इस्राएलका सबै कुलबाट आफ्नो नाउँ राख्नलाई परमप्रभुले चुन्नुभएको सहर, यरूशलेममा तिनले सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाउँ नामा थियो। तिनी एक अम्मोनी थिइन्।
१ राजाहरू 14 : 31
31 रहबाम आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसित तिनी दाऊदको सहरमा गाड़िए। तिनकी आमाको नाउँ नामा थियो। तिनी एक अम्मोनी थिइन्। तिनीपछि तिनका छोरा अबिया राजा भए।
२ इतिहास 12 : 13
13 यरूशलेममा राजा रहबामको शक्ति बढ्दैगयो। तिनी सिंहासन आरोहण गर्दा एकचालीस वर्षका थिए, अनि परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्नो नाउँ राख्नका निम्ति चुन्नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अम्मोनी नामा थियो।
यहोशू 15 : 41
41 गदेरोत, बेथ-दागोन, नामा र मक्केदा। तिनीहरूका बस्तीसमेत सोह्र सहरहरू हुन्।
Leave a Reply