यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नाटक
गलाती 5 : 15
15 तर तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्।
गलाती 5 : 16 – 17
16 तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड़, र पापमय स्वभावका लालसा पूरा नगर।
17 किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्छन्।
फिलिप्पी 3 : 16
16 केवल हामीले जे प्राप्त गरिसकेका छौं, त्यसमा दह्रिला भइबसौं।
इजकिएल 18 : 20
20 त्यो प्राण, जसले पाप गर्छ, त्यही मर्छ। छोराले बुबाको दोषको फल भोग्नेछैन, न त बुबाले छोराको दोषको फल भोग्नेछ। धर्मीले आफ्नो धार्मिकताको फल र दुष्टले आफ्नो दुष्ट्याइँको फल पाउनेछ।
प्रस्थान 20 : 5
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु,
इजकिएल 4 : 4 – 8
4 “त्यसपछि तँ देब्रेतिर कोल्टे परेर सुत्, र इस्राएलका घरानाको पाप आफूमाथि राखिदे। जति समयसम्म तँ यसरी कोल्टे परिरहन्छस्, त्यति दिनसम्म तैंले तिनीहरूको पाप भोग्नेछस्।
5 तिनीहरूको पापका वर्षको संख्याकै बराबर तेरो लागि दिनको संख्या तोकेको छु, अर्थात् तीन सय नब्बे दिन। त्यतिञ्जेलसम्म तैंले इस्राएलका घरानाको पाप भोग्नेछस्।
6 “ती दिन पूरा भइसकेपछि फेरि दाहिनेतिर कोल्टे पर् र यहूदाका घरानाको पाप भोग्। यस पल्ट मैले चालीस दिन तेरो निम्ति तोकेको छु, प्रत्येक वर्षको लागि एक दिन।
7 तेरो पाखुरा नाङ्गै राखेर तैंले आफ्नो मोहड़ा यरूशलेमको घेरातर्फ फर्काएर राख्, र त्यस सहरको विरुद्धमा अगमवाणी भन्।
8 म तँलाई डोरीहरूले कसी राख्नेछु, यसरी तेरा घेराको दिन समाप्त नहोउञ्जेल तँ यताउता फर्कन सक्नेछैनस्।
भजनसंग्रह 23 : 1 – 6
1 दाऊदको भजन [1] परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन।
2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ।
3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ।
4 मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्त्वना दिन्छन्।
5 मेरा शत्रुहरूका सामुन्ने तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरो भरिएर पोखिन्छ।
6 निश्चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।
भजनसंग्रह 91 : 1 – 16
1 जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ।
2 परमप्रभुको बारेमा म भन्नेछु, “उहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, जसमाथि म भरोसा राख्तछु।”
3 निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।
4 उहाँले तिमीलाई आफ्ना प्वाँखहरूले छोप्नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।
5 तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ,
6 न त अन्धकारमा फैलिने रूढ़ीदेखि, न मध्यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ।
7 एक हजार जना तिम्रो नजिक लोट्लान्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्यो आउनेछैन।
8 तिमीले आफ्ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ, र दुष्टहरूको प्रतिफल देख्नेछौ।
9 यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्थान हुनुहुन्छ—
10 तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
11 किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।
12 तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्।
13 तिमीले सिंह र गोमनलाई कुल्चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।
14 परमप्रभु भन्नुहुन्छ, “त्यसले मलाई प्रेम गरेको हुनाले, म त्यसलाई छुटाउनेछु। त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु।
15 त्यसले मेरो पुकारा गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु। त्यसका दु:खको घड़ीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।
16 लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु, र त्यसलाई म उद्धारको दर्शन दिनेछु।”
उपदेशक 1 : 1 – 18
1 दाऊदका छोरा, यरूशलेमका राजा, उपदेशकका वचन:
2 उपदेशक भन्दछन्, “व्यर्थ नै व्यर्थ, पूर्ण रूपमा व्यर्थ, सबै व्यर्थ हुन्।”
3 मानिसले आफ्ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ?
4 पुस्ताहरू आउँछन्, पुस्ताहरू जान्छन्, तर पृथ्वीचाहिँ सदासर्वदै रहिरहन्छ।
5 सूर्य उदाउँछ र अस्ताउँछ। त्यो आफू उदाएको ठाउँमा चाँड़ो जान्छ।
6 बतास दक्षिणतिर बहन्छ, अनि उत्तरतिर फर्कन्छ। त्यो सधैँ आफ्नै चक्करमा फर्केर घुमिरहन्छ।
7 सबै खोलाहरू समुद्रमा नै बगेर जान्छन्, तापनि समुद्र कहिल्यै भरिँदैन। जुन स्थानबाट खोलाहरू आउँछन्, ती फेरि त्यहीँ नै फर्केर जान्छन्।
8 सबै कुराहरू विरक्त छन्, यतिसम्म कि कसैले पनि त्यसको वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्ट हुँदैन, न त सुनेर कान तृप्त हुन्छ।
9 जे भएको छ त्यो फेरि हुनेछ, र जे गरिएको छ त्यो फेरि गरिनेछ। सूर्यमुनि कुनै कुरा नयाँ छैन।
10 के कुनै कुरो छ, जसको बारेमा कसैले भन्न सक्छ, “हेर त, यो त नयाँ कुरो हो”? त्यो त पहिलेदेखि नै यहाँ थियो, हाम्रो पालोभन्दा उहिले नै।
11 प्राचीन कालका मानिसहरूको केही सम्झना रहँदैन, अनि ती जुन अझ आउनेवालाहरू छन्, उनीहरूभन्दा पछि आउनेहरूले उनीहरूको सम्झना गर्नेछैनन्।
12 म, उपदेशकले यरूशलेममा इस्राएलका राजा भएर शासन गरें।
13 आकाशमुनि जे-जे गरिन्छन् ती सबै ज्ञानद्वारा अध्ययन र अनुसन्धान गर्न मैले आफ्नो मनमा निश्चय गरें। कति ठूलो अभिभारा परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको छ!
14 सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्यर्थ हुन्, बतासलाई खेदेको जस्तो मात्र।
15 जे बाङ्गो छ, त्यसलाई सोझ्याउन सकिँदैन। जे छँदैछैन, त्यसको गन्ती हुँदैन।
16 मैले आफ्नो मनमा विचार गरें, “हेर त, मभन्दा अघि यरूशलेममा राज्य गर्ने कुनै व्यक्तिभन्दा मैले बुद्धिमा बढ़ी अनुभव गरेको छु। ज्ञान र बुद्धिको मैले धेरै अनुभव गरें।”
17 तब बुद्धि बुझ्न र पागलपन र मूर्खता जान्नमा मैले मेरो मन लगाएँ। तर यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भन्ने मैले थाहा पाएँ।
18 किनकि धेरै बुद्धिले धेरै दु:ख ल्याउँछ, धेरै ज्ञानले धेरै पीर।
Leave a Reply