यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नाच्दै
भजनसंग्रह 149 : 3
3 नाच्दै तिनीहरूले उहाँका नाउँको प्रशंसा गरून्, खैँजड़ी र वीणासहित तिनीहरूले उहाँको भजन गाऊन्।
भजनसंग्रह 150 : 4
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
उपदेशक 3 : 4
4 रुने एउटा समय छ, र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय।
भजनसंग्रह 30 : 11
11 तपाईंले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईंले मेरो भाङ्ग्राको वस्त्र फुकालिदिएर आनन्द पहिराइदिनुभयो,
यर्मिया 31 : 13
13 तब तरुणीहरू आनन्दले नाच्नेछन्, र जवान र बूढ़ाहरू हर्षित हुनेछन्। म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु। म तिनीहरूलाई सान्त्वना दिनेछु र तिनीहरूका अफसोसको सट्टामा रमाहट दिनेछु।
प्रस्थान 32 : 19
19 छाउनीनेर आउँदाआउँदै मोशाले बाछो र नाच देखे। मोशालाई साह्रै रीस उठ्यो, र तिनले ती पाटीहरू आफ्ना हातले पर्वतको फेदीमा फ्याँकेर फुटाइदिए।
भजनसंग्रह 150 : 1 – 6
1 हल्लेलूयाह! [1] परमप्रभुलाई उहाँको पवित्रस्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
2 उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर! उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर!
3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5 झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह!
प्रस्थान 15 : 20
20 तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्त्रीहरू पनि खैँजड़ी लिएर नाच्दै तिनका पछिपछि निस्के।
न्यायकर्ताहरू 11 : 34
34 जब यिप्ता मिस्पामा आफ्नो घरमा फर्के, तब तिनलाई बाहिर भेट गर्न खैँजड़ी बजाउँदै र नाच्दै तिनकी छोरी आइन्। यिनी तिनकी एउटै छोरी थिइन्, तिनको अरू कोही छोराछोरी थिएनन्।
२ शमूएल 6 : 16
16 जब परमप्रभुको सन्दूक दाऊदको सहरमा प्रवेश गर्दैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, र दाऊद राजालाई परमप्रभुको सामुन्ने उफ्रँदै र नाच्दैगरेका देखिन्, र तिनले मनमनै दाऊदलाई घृणा गरिन्।
लूका 15 : 25
25 “त्यस बेला तिनको जेठो छोरो खेतमा थियो, र त्यो घरको नजिक आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो।
उपदेशक 3 : 1 – 4
1 सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:
2 जन्मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय।
3 मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्काउने एउटा समय छ, र बनाउने एउटा समय।
4 रुने एउटा समय छ, र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय।
२ शमूएल 6 : 14
14 दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्ने पूरा शक्तिको साथ नाचे।
Leave a Reply