नाइल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नाइल

यशैया 11 : 15
15 परमप्रभुले मिश्रदेशको समुद्रको खाड़ीलाई बिलकुलै सुकाउनुहुनेछ। उहाँले यूफ्रेटिस नदीमाथि लूहसित आफ्‍नो हात चलाउनुहुनेछ, र त्‍यसलाई सातवटा खोलाहरूमा विभाजन गर्नुहुनेछ र त्‍यसमा मानिसहरू जुत्ता लाएर सुक्‍खै तरेर जानेछन्‌।

यशैया 19 : 10
10 लुगाका काम गर्नेहरू निरुत्‍साह हुनेछन्, र ज्‍यालामा काम गर्नेहरू सबैको हृदय अफसोसमा पर्नेछ।

इजकिएल 29 : 4
4 तर म तेरो मुखमा बल्‍छी लगाउनेछु, तेरै कत्‍लाहरूमा तेरा खोलाका माछाहरू, म टाँस्‍न लाउनेछु। तेरा कत्‍लाहरूमा टाँसिएका ती माछाहरूसमेत, म तँलाई तेरा खोलाहरूका बीचबाट तानेर निकाल्‍नेछु।

आमोस 8 : 8
8 के यसैको कारण जमिन काम्‍नेछैन र? त्‍यसमा बस्‍ने सबैले विलाप गर्नेछैनन्‌ र? सम्‍पूर्ण देश नील नदीझैँ बढ्‌नेछ, र मिश्रको नदी उर्लेर घटेझैँ घटेर जानेछ।”

यशैया 23 : 3
3 ठूलो पानीमा शिहोरको अन्‍न आयो, नील नदीको कटनी टुरोसको कर थियो। र त्‍यो देश जाति-जातिहरूको बजार भयो।

यर्मिया 2 : 18
18 शिहोर नदीको पानी पिउनलाई किन मिश्रदेशमा जान्‍छौ? यूफ्रेटिस नदीको पानी पिउनलाई अश्‍शूरमा किन जान्‍छौ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *