यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नर्सहरू
रोमी 12 : 13
13 सन्तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्कार कायम राख।
लूका 9 : 2
2 उहाँले तिनीहरूलाई परमेश्वरका राज्यको प्रचार गर्न र बिरामीहरू निको पार्न पठाउनुभयो।
मत्ती 25 : 35 – 40
35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
36 नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’
37 “तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्यौं, र पिउन दियौं?
38 कहिले हामीले तपाईंलाई परदेशी देख्यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्यौं र वस्त्र लगाइदियौं?
39 र कहिले हामीले तपाईंलाई बिरामी वा झ्यालखानमा देख्यौं, र तपाईंकहाँ आयौं?’
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
रूथ 2 : 12
12 परमप्रभुले तिम्रो कामको पुरस्कार तिमीलाई देऊन्। जसको छत्रछायामुनि शरण लिनलाई तिमी आएकी छौ, उनै परमप्रभु इस्राएलका परमेश्वरले प्रशस्त उपहार देऊन्।”
Leave a Reply