नरक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नरक

यशैया 5 : 14
14 यसैकारण चिहानले [1] आफ्‍नो भोक बढ़ाएको छ र आफ्‍नो मुख आँ गरी बाएको छ। तिनीहरूका भारदारहरू र भीड़हरू, तिनीहरूका झगड़िया र हल्‍ला गर्नेहरू त्‍यहीँ भित्र पर्नेछन्‌।

यशैया 14 : 9
9 तेरो आगमनमा तँलाई भेट्‌न चिहान [1] पनि तेरो निम्‍ति चलमलाएको छ। त्‍यसले मरेर बिदा भइसकेका आत्‍माहरूलाई पनि तँलाई स्‍वागत गर्न जगाउँछ— ती सबै जना जो संसारमा नेताहरू थिए— त्‍यसले उनीहरूलाई आफ्‍ना सिंहासनबाट उठ्‌न लगाउँछ, ती सबै जो जाति-जातिहरूका राजाहरू थिए।

यशैया 14 : 15
15 तर तँ चिहानसम्‍म, खाड़लको तल्‍लो गहिराइसम्‍मै होच्‍याइस्‌।

यशैया 28 : 15
15 तिमीहरूले यो भनेर घमण्‍ड गर्दछौ, “हामीले मृत्‍युसित करार बाँधेका छौं, र पातालसित हामीले सम्‍झौता गरेका छौं। अत्‍यन्‍तै ठूलो विपत्ति हामीमाथि परे तापनि, त्‍यसले हामीलाई छुनेछैन। किनकि हामीले झूटको शरण लिएका छौं, र असत्‍यतालाई हाम्रो लुक्‍ने ठाउँ बनाएका छौं।”

यशैया 28 : 18
18 मृत्‍युसितको तिमीहरूको करार रद्द गरिनेछ, र पातालसित गरेको तिमीहरूको सम्‍झौता स्‍थिर रहनेछैन। जब विपत्तिको बाढ़ यताबाट जानेछ, तिमीहरूलाई त्‍यसले डुबाउनेछ।

यशैया 57 : 9
9 तिमीहरू मोलोखकहाँ भद्राक्षको तेल लिई खूब सुगन्‍धित तेल लगाएर गयौ। तिमीहरूले आफ्‍ना राजदूतहरूलाई टाढ़ाटाढ़ा पठायौ, र आफूलाई चिहानसम्‍मै पुर्‍यायौ।

इजकिएल 31 : 17
17 त्‍यसका छायामा बस्‍नेहरू, अर्थात्‌ जाति-जातिहरूमध्‍येका मित्रराष्‍ट्रहरू पनि तरवारले मारिएकाहरूसँगसँगै चिहानमा मिल्‍न गएका थिए।

इजकिएल 32 : 21
21 चिहानभित्रबाट शक्तिशाली नेताहरूले मिश्रदेश र त्‍यसका मित्रराष्‍ट्रहरूका विषयमा भन्‍नेछन्, ‘तिनीहरू तल आएका छन्, र तरवारले मारिएकाहरूसित र खतना नभएकाहरूसित तिनीहरू पड़िरहेका छन्‌।’

इजकिएल 32 : 27
27 के तिनीहरू ती अरू बेखतना भएका योद्धाहरूसित पड़िरहँदैनन्, जुन योद्धाहरू लोटेका छन्, र आ-आफ्‍ना लड़ाइँका हतियारका साथ चिहानमा गएका छन्, र जसका तरवारहरू आ-आफ्‍नो टाउको मुनि राखिएका छन्‌? ती योद्धाहरूले जीवितहरूको देशमा त्रास फैलाए तापनि तिनीहरूका पापको दण्‍ड तिनीहरूकै हड्डीमा परेको छ।

आमोस 9 : 2
2 तिनीहरूले चिहानको [1] गहिराइमा खनेर गए तापनि मेरो हातले तिनीहरूलाई त्‍यहाँबाट तानेर ल्‍याउनेछ। तिनीहरू माथि स्‍वर्गमा उक्‍ले तापनि म तिनीहरूलाई उँधो तानेर झार्नेछु।

योना 2 : 2
2 तिनले भने, “मैले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुमा पुकारा गरें, र उहाँले मलाई जवाफ दिनुभयो। चिहानको गहिराइबाट सहायताको निम्‍ति मैले पुकारें, र तपाईंले मेरो क्रन्‍दन ध्‍यानसित सुन्‍नुभयो।

हबकूक 2 : 5
5 निश्‍चय नै दाखमद्यले त्‍यसलाई धोका दिन्‍छ। त्‍यो हठी छ र त्‍यो कहिल्‍यै शान्‍तसित बस्‍दैन, किनभने त्‍यो चिहानझैँ [1] लोभी छ। मृत्‍युझैँ त्‍यो कहिल्‍यै अघाउँदैन। त्‍यसले सारा जाति-जातिहरूलाई आफूकहाँ बटुल्‍छ, र सारा मानिसहरूलाई कैद गर्छ।

व्यवस्था 32 : 22
22 किनकि मेरो रीसले एउटा आगो सल्‍काएको छ, जसले तल मृत्‍युको राज्‍यसम्‍मै [2] जलाउँछ। त्‍यसले पृथ्‍वी र त्‍यसको उब्‍जनीलाई भस्‍म पार्नेछ, र पहाड़हरूका जगमा आगो लाउनेछ।

भजनसंग्रह 86 : 13
13 किनकि मप्रति तपाईंको प्रेम महान्‌ छ, तपाईंले मेरो प्राणलाई पातालको गहिराइबाट छुटाउनुभएको छ।

भजनसंग्रह 55 : 15
15 मृत्‍युले मेरा शत्रुहरूलाई अचानक निलोस्‌। तिनीहरू जिउँदै चिहानमा जाऊन्‌, किनकि दुष्‍टता तिनीहरूकै बीचमा वास गर्दछ।

२ शमूएल 22 : 6
6 पातालका डोरीहरूले मलाई बेह्रे, मृत्‍युको पासोले मेरो सामना गर्‍यो।

अय्‍यूब 11 : 8
8 त्‍यो त स्‍वर्गभन्‍दा अल्‍गो छ, तपाईं के गर्न सक्‍नुहुन्‍छ? त्‍यो ता चिहानभन्‍दा [1] गहिरो छ, तपाईं के जान्‍न सक्‍नुहुन्‍छ?

अय्‍यूब 26 : 6
6 मृत्‍यु परमेश्‍वरको अघि नाङ्गो छ र विनाश उदाङ्गै भएको छ।

भजनसंग्रह 9 : 17
17 दुष्‍टहरूचाहिँ पातालमै फर्केर जानेछन्‌, सबै जातिहरू, जसले परमेश्‍वरलाई बिर्सन्‍छन्‌।

भजनसंग्रह 16 : 10
10 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा [1] छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।

भजनसंग्रह 18 : 5
5 पातालका डोरीहरूले मलाई बेह्रे, मृत्‍युको पासोले मेरो सामना गर्‍यो।

भजनसंग्रह 116 : 3
3 मृत्‍युको बन्‍धनले मलाई अलमलाइदियो, र चिहानको वेदना ममाथि आइपर्‍यो। दु:ख र शोकले मलाई छोप्‍यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *