नयाँ जीवन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नयाँ जीवन

२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

एफिसी 4 : 22 – 24
22 छली लालसाहरूद्वारा भ्रष्‍ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्‍बन्‍धित तिमीहरूको पुरानो स्‍वभाव त्‍याग।
23 र आफ्‍नो भित्री वर्तावमा नयाँ होओ,
24 र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।

यूहन्‍ना 5 : 24
24 “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मेरो वचन सुन्‍छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। त्‍यो न्‍यायमा आउँदैन, तर मृत्‍युदेखि त्‍यसले जीवनमा प्रवेश गरेको छ।

यूहन्‍ना 3 : 3
3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”

प्रकाश 21 : 5
5 सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्‍याउँछु।” उहाँले यसो पनि भन्‍नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्‍य छन्‌।”

रोमी 6 : 23
23 किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो।

इजकिएल 11 : 19
19 अनि म तिनीहरूलाई विभक्त नहुने हृदय दिनेछु, र तिनीहरूमा एउटा नयाँ आत्‍मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु।

यूहन्‍ना 6 : 40
40 किनभने मेरा पिताको इच्‍छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्‍वास गर्ने प्रत्‍येकले अनन्‍त जीवन प्राप्‍त गरोस्, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।”

रोमी 10 : 13
13 किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *