यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नयाँ काम
हितोपदेश 3 : 5 – 6
5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर्
6 आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ।
२ तिमोथी 1 : 7
7 किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।
यर्मिया 33 : 3
3 ‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’।
१ कोरिन्थी 3 : 10 – 15
10 मलाई दिइएको परमेश्वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्तै मैले जग बसालें, र अर्काले त्यसमाथि घर बनाउँदैजान्छ। त्यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्यान देओस्।
11 किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन।
12 अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने,
13 प्रत्येक मानिसको काम प्रकट हुनेछ, किनकि न्यायको दिनले त्यो खुलस्त गरिदिनेछ। त्यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।
14 यदि कुनै मानिसले त्यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ।
15 यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ, तर त्यो आफैचाहिँ आगोबाट उम्केझैँ बाँच्नेछ।
रोमी 9 : 17
17 कि धर्मशास्त्रले फारोलाई भन्छ, “म मेरो शक्ति तँमा देखाऊँ, र सारा पृथ्वीमा मेरो नाउँको घोषणा गरिओस् भन्ने अभिप्रायले मैले तँलाई खड़ा गरें।”
हितोपदेश 3 : 1 – 6
1 हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्नो हृदयमा लुकाइराख्।
2 किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्पन्नता ल्याउनेछन्।
3 भक्ति र विश्वासयोग्यताले तँलाई कहिल्यै नछोडून्, ती तैंले आफ्नो गलामा बाँधिराख्, आफ्नो हृदयको पाटीमा ती लेखिराख्।
4 तब परमेश्वर र मानिसको दृष्टिमा तैंले निगाह पाउनेछस् र असल नाउँ कमाउनेछस्।
5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर्
6 आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ।
रोमी 12 : 17 – 21
17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ, तिनमा ध्यान देओ।
18 हुन सक्छ भने, सकेसम्म सबैसँग शान्तिमा बस।
19 प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ।”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
मत्ती 20 : 29 – 46
29 उहाँहरू यरीहोबाट जाँदैगर्नुहुँदा, एउटा ठूलो भीड उहाँको पछि लाग्यो।
30 बाटोको छेउमा बसिरहेका दुई जना अन्धाहरूले येशू त्यो बाटो जाँदैहुनुहुन्छ भन्ने सुनेर यसो भनी चिच्च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
31 भीड़ले तिनीहरूलाई चूप लाग भनी हप्कायो, तर तिनीहरू यसो भन्दै झन् साह्रो कराए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
32 तब येशू अड़िनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, “तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति के गरिदिऊँ?”
33 तिनीहरूले उहाँलाई भने, “हे प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्।”
34 येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँको पछि लागे।
हितोपदेश 2 : 1 – 22
1 हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्, र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस् भने,
2 बुद्धिका कुराहरू ध्यान दिइस् र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,
3 अन्तर्दृष्टिको लागि पुकारा गरिस्, र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस् भने,
4 यदि तैंले चाँदीझैँ त्यसलाई खोजिस्, र गाड़धनझैँ त्यो खनिस् भने,
5 तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।
6 किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।
7 उहाँले ईमानदारको लागि आफ्नो भण्डारमा विजय साँचेर राख्नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्छ,
8 किनभने उहाँले न्यायको मार्ग रक्षा गर्नुहुन्छ, र आफ्ना विश्वासयोग्य भक्तजनहरूको बाटो सुरक्षित राख्नुहुन्छ।
9 तब धार्मिकता न्यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्नेछस्।
10 किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्ददायक हुनेछ।
11 विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ।
12 बुद्धिले तँलाई दुष्ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।
13 त्यस्ताहरू ईमानदारीको चाल त्यागेर अन्धकारमा हिँड्डुल गर्छन्,
14 तिनीहरू खराब काम गर्नमा प्रसन्न हुन्छन्, र दुष्टको बदमाशीमा रमाउँछन्,
15 जसका बाटाहरू बाङ्गोटिङ्गो, र जसका आफ्नै चालहरू कुटिल छन्।
16 बुद्धिले तँलाई व्यभिचारिणी, र अनैतिक स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,
17 जसले आफ्नो यौवनको पतिलाई त्यागेकी छे, र परमेश्वरको सामु आफूले बाँधेको करारको बेवास्ता गरेकी छे।
18 त्यसको घरभित्र पस्नेलाई मृत्युले ओह्रालो लैजान्छ, र त्यसको बाटोमा लाग्नेहरू मृतकहरूको देशमा पुग्छन्।
19 त्यस स्त्रीकहाँ जानेहरू कोही पनि फर्केर आउनेछैन, न त त्यस्ताहरूले जीवनको मार्ग नै भेट्टाउनेछन्।
20 यसैकारण भला मानिसहरूको अनुसरण गर्, र धर्मी मानिसको चालमा लागिबस्।
21 किनभने धर्मीहरू देशमा वास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्।
22 तर दुष्टहरू देशबाट जरैसमेत उखेलिनेछन्, र विश्वासघातीहरू झारझैँ फ्याँकिनेछन्।
मत्ती 6 : 25 – 29
25 “यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन?
26 आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढ़ी मूल्यवान् छैनौ र?
27 तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ?
28 “अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन्।
29 तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्।
भजनसंग्रह 34 : 9 – 10
9 हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन।
10 जवान सिंहहरू कमजोर होलान्, र तिनीहरू भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन।
Leave a Reply