नबूकदनेसर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नबूकदनेसर

१ इतिहास 6 : 15
15 जब परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट कैदमा पठाउनुभयो, तब यहोसादाक पनि निर्वासनमा लगिए।

२ इतिहास 36 : 21
21 यर्मिया अगमवक्ताद्वारा परमप्रभुको वचन पूरा हुनलाई सत्तरी वर्ष पूरा नहोउञ्‍जेल इस्राएलको देशले विश्रामको पूरा समय नकाटुञ्‍जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो।

एज्रा 1 : 7
7 त्‍यसबाहेक नबूकदनेसरले यरूशलेमबाट ल्‍याएर आफ्‍नो देवताको मन्‍दिरमा राखेका परमप्रभुको भवनका भाँड़ाहरू राजा कोरेसले निकाले।

२ राजाहरू 24 : 7
7 मिश्रदेशका राजा उनको आफ्‍नै देश छोड़ेर फेरि आएनन्, किनभने बेबिलोनका राजाले मिश्रको खोलादेखि लिएर यूफ्रेटिस नदीसम्‍म उनका सबै इलाकाहरू उनीबाट लिएका थिए।

यर्मिया 46 : 2
2 मिश्रदेशको विषयमा: मिश्रदेशका राजा फारो नेकोका सेनाको विरुद्धमा, जसलाई यूफ्रेटिस नदीको तीरमा भएको कर्कमीशमा यहूदाका राजा यहोयाकीमको चौथो वर्षमा बेबिलोनका राजा नबूकदनेसरले जितेका थिए।

इजकिएल 29 : 18
18 “हे मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा आफ्‍नो सेनालाई युद्धको धावा गर्‍यो। हरेकको तालु खुइलियो, र हरेकको काँध दलिँदा-दलिँदा पिल्‍सियो। तापनि टुरोसको विरुद्धमा गरेको परिश्रमको सट्टा त्‍यसले र त्‍यसको सेनाले केही इनाम पाउन सकेनन्‌।

यर्मिया 27 : 8
8 “तर यदि कुनै जाति अथवा राज्‍यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्न र बेबिलोनका राजाको जुवामुनि आफ्‍नो घिच्रो राख्‍न मानेन भने, म त्‍यस जातिलाई तरवार, अनिकाल र रूढ़ीले दण्‍ड दिनेछु, जबसम्‍म म उनीहरूलाई त्‍यसको हातद्वारा नष्‍ट गर्दिनँ, परमप्रभु भन्‍नुहुन्‍छ।

यर्मिया 21 : 7
7 परमप्रभु भन्‍नुहुन्‍छ, त्‍यसपछि यहूदाको राजा सिदकियाह, त्‍यसका अधिकारीहरू रूढ़ी, तरवार र अनिकालबाट बाँचेका यस सहरमा हुने मानिसहरूलाई बेबिलोनको राजा नबूकदनेसर र तिनीहरूका ज्‍यान लिन खोज्‍ने शत्रुहरूका हातमा म सुम्‍पिदिनेछु। त्‍यसले तिनीहरूलाई तरवारले मार्नेछ, त्‍यसले तिनीहरूलाई न त दया न कृपा देखाउनेछ, न तिनीहरूमाथि टिठ्याउनेछ’।

यर्मिया 21 : 10
10 मैले यस सहरलाई नोक्‍सान गर्न निश्‍चय गरिसकेको छु, भलाइ गर्न होइन, परमप्रभु भन्‍नुहुन्‍छ। यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ, र त्‍यसले यसलाई आगाले भस्‍म गर्नेछ’।

यर्मिया 22 : 25
25 तेरो प्राण लिन खोज्‍नेहरूका हातमा म तँलाई सुम्‍पिदिनेछु, जसदेखि तँ डराउँदछस्‌— बेबिलोनको राजा नबूकदनेसरको हातमा र बेबिलोनीहरूकहाँ म तँलाई सुम्‍पिदिनेछु।

यर्मिया 25 : 9
9 म उत्तरका सबै मानिसहरूलाई र मेरो दास, बेबिलोनको राजा नबूकदनेसरलाई बोलाएर ल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, “र म उनीहरूलाई यो देश र यसका बासिन्‍दाहरू र चारैतिरका सबै जातिहरूका विरुद्धमा ल्‍याउनेछु। म तिनीहरूलाई पूर्ण रूपले नाश गर्नेछु, र म तिनीहरूलाई भय र घृणा र अनन्‍तको विनाशको पात्र बनाउनेछु।

यर्मिया 27 : 9
9 यसैकारण ‘बेबिलोनका राजाको सेवा तिमीहरूले गर्नेछैनौ’ भन्‍ने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ फुकाउनेहरू, भूतप्रेत खेलाउनेहरू र जादूगरी गर्नेहरूका कुरा नसुन।

यर्मिया 32 : 28
28 यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: म यो सहर बेबिलोनीहरूका हातमा र बेबिलोनका नबूकदनेसरको हातमा दिनै लागेको छु, र त्‍यसले यसलाई लिनेछ।

यर्मिया 43 : 10
10 अनि तिनीहरूलाई भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म आफ्‍नो दास बेबिलोनको राजा नबूकदनेसरलाई बोलाउनेछु, र मैले लुकाइराखेका यी ढुङ्गाहरूमाथि त्‍यसको सिंहासन म बसाल्‍नेछु। त्‍यसले तीमाथि आफ्‍नो राजपत्र फैलाउनेछ।

यर्मिया 46 : 13
13 बेबिलोनका राजा नबूकदनेसरले आएर मिश्रदेशलाई आक्रमण गर्ने विषयमा परमप्रभुले यर्मिया अगमवक्तालाई यो सन्‍देश दिनुभएको छ:

यर्मिया 49 : 33
33 “हासोर स्‍यालहरूको अखड़ा हुनेछ, त्‍यो सदाको निम्‍ति उजाड़-स्‍थान बन्‍नेछ। त्‍यहाँ कोही पनि बस्‍नेछैन, त्‍यसमा कुनै मानिस रहनेछैन।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *