यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नक्काशी
प्रस्थान 32 : 4
4 तिनले ती तिनीहरूका हातबाट लिएर हतियारले खोपे, र ढालेर बाछाको आकारको एउटा मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका देवताहरू यी नै हुन्।”
प्रस्थान 28 : 11
11 पत्थर खोप्ने शिल्पकारले जसरी छाप खोप्छ, त्यसरी नै ती दुवै पत्थरहरूमा इस्राएलका छोराहरूका नाउँ खोप्नू। तब तैंले ती पत्थर सुनका रत्न जड़िने मणिघरमा जड्न लगाउनू।
प्रस्थान 28 : 21
21 ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा होऊन्। हरेकमा छापमा खोपेजस्तै बाह्रै कुलमध्ये एउटाको नाउँ होऊन्।”
प्रस्थान 28 : 36
36 “तैंले निखुर सुनको एउटा पाता बनाएर त्यसमा औँठीको छाप खोपेझैँ यो कुरो खोप्नू, ‘परमप्रभुको निम्ति पवित्र’।
प्रस्थान 39 : 14
14 ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा थिए। हरेकमा छापमा खोपेझैँ बाह्र कुलमध्ये एउटाको नाउँ थियो।
प्रस्थान 39 : 6
6 तिनीहरूले सुनका मणिघरहरूमा आनिक्सहरू जड़े र इस्राएलका छोराहरूका नाम छापमा झैँ त्यसमा लेखे।
प्रस्थान 39 : 30
30 तिनीहरूले पाता, अर्थात् पवित्र मुकुट निखुर सुनको बनाए, र त्यहाँ छापको खोपाइझैँ यी कुरा खोपे, “परमप्रभुको निम्ति पवित्र।”
Leave a Reply