नक्कली ईसाईहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नक्कली ईसाईहरू

यशैया 29 : 13
13 परमप्रभुले यसो भन्‍नुहुन्‍छ, “यी मानिसहरू मुख देखाउन मेरो नजिक आउँछन्‌ र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय भने मदेखि टाढ़ा छ। मप्रतिको तिनीहरूको आराधना केवल मानिसहरूले सिकाएका विधिहरू हुन्‌।

याकूब 1 : 26
26 यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ।

मत्ती 7 : 21 – 23
21 “मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ।
22 त्‍यो दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
23 अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’

१ यूहन्‍ना 1 : 8 – 10
8 यदि हामीमा पाप छैन भनी हामी भन्‍छौं भनेता हामीले आफैलाई धोका दिन्‍छौं, र हामीमा सत्‍य हुँदैन।
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।
10 यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्‍छौं भने हामी उहाँलाई झूटा तुल्‍याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।

प्रकाश 3 : 15 – 16
15 मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो।
16 किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।

१ कोरिन्थी 13 : 2
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।

मत्ती 5 : 11
11 “धन्‍य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्‍दा गर्नेछन्‌ र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्‍नेछन्‌।

प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।

यूहन्‍ना 14 : 6
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।

मत्ती 5 : 39
39 तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ।

मत्ती 16 : 23
23 तर फर्केर उहाँले पत्रुसलाई भन्‍नुभयो, “ए शैतान, मेरो सामुन्‍नेबाट हटिजा, तँ मेरो निम्‍ति बाधा होस्‌। किनभने तँ परमेश्‍वरका कुरामा होइन, तर मानिसहरूका कुराहरूमा ध्‍यान दिन्‍छस्‌।”

२ तिमोथी 3 : 12
12 ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्‍छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,

मत्ती 5 : 42
42 तिमीसँग माग्‍नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्‍कार नगर।

१ पत्रुस 3 : 3
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्‍त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्‌।

प्रस्‍थान 20 : 7
7 “परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।

लूका 14 : 26
26 “यदि कोही मकहाँ आउँछ, र आफ्‍ना बुबा, आमा, पत्‍नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्‍नै प्राणलाई समेत तुच्‍छ ठान्‍दैन भने, त्‍यो मेरो चेला हुन सक्‍दैन।

हितोपदेश 26 : 23 – 24
23 माटोको भाँड़ोमा चाँदीको जलप लाएझैँ दुष्‍ट हृदयका जोशिला ओठ हुन्‍छन्‌।
24 द्वेषपूर्ण मानिसले आफूलाई त्‍यसको कुराले ढाकछोप गर्छ, तर आफ्‍नो हृदयमा भने त्‍यसले छलछामलाई आश्रय दिन्‍छ।

मत्ती 10 : 34
34 “म पृथ्‍वीमा शान्‍ति ल्‍याउन आएको हुँ भनी नठान। शान्‍ति ल्‍याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ।

लूका 6 : 46
46 “मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्‍दछौ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *