देश, माया

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् देश, माया

२ शमूएल 10 : 12
12 साहस गर! हामी आफ्‍ना मानिसहरू र आफ्‍ना परमेश्‍वरका सहरहरूका निम्‍ति साहससित युद्ध गरौं। परमेश्‍वरको नजरमा जे ठीक छ उहाँले त्‍यही गर्नुहुनेछ।”

नहेम्‍याह 1 : 11
11 हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्‍यानसित कान थाप्‍नुहोस्, र तपाईंका नाउँको सम्‍मान गर्न प्रसन्‍न हुने तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस्‌। आज यस मानिसको उपस्‍थितिमा आफ्‍नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्‌।” त्‍यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।

नहेम्‍याह 2 : 20
20 तर मैले उनीहरूलाई यो जवाफ दिएँ, “स्‍वर्गका परमेश्‍वरले हामीलाई सफल तुल्‍याउनुहुनेछ। हामी उहाँका दासहरू पुनर्निर्माणको काम सुरु गर्दैछौं। तर यरूशलेममा तिमीहरूको केही भाग, दाबी वा परम्‍पराको अधिकार छैन।”

नहेम्‍याह 5 : 18
18 प्रतिदिन खानलाई मेरो निम्‍ति जुटाउनुपर्ने एउटा गोरु, छ वटा मोटा-मोटा भेड़ा, र कुखुराहरूलाई पनि तयार गरिन्‍थ्‍यो। दश-दश दिनपछि विभिन्‍न प्रकारका दाखमद्य प्रशस्‍त मात्रामा जुटाइन्‍थ्‍यो। यति भए तापनि मैले राज्‍यपालले पाउनुपर्ने भोजनको माग गरिनँ, किनभने मानिसहरूमाथि ठूलो भार परेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *