यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् देवताहरूको अनुकम्पा
भजनसंग्रह 78 : 38 – 39
38 तापनि उहाँचाहिँ दयालु हुनुभएकोले उहाँले तिनीहरूका अपराध क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्ट पार्नुभएन। बारम्बार उहाँले आफ्नो क्रोध रोक्नुभयो, र उहाँले आफ्नो सम्पूर्ण क्रोध उत्तेजित पार्नुभएन।
39 उहाँले यही सम्झनुभयो, कि तिनीहरू त शरीर मात्र हुन्, जो सासजस्तो निस्कन्छ र फर्किआउँदैन।
भजनसंग्रह 147 : 3
3 उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ।
रोमी 5 : 6 – 9
6 किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो।
7 धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला।
8 तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
9 यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन् बढ़ी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं।
मत्ती 9 : 36
36 तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेड़ाहरूजस्तै हैरान र असहाय भएका थिए।
२ कोरिन्थी 1 : 2 – 4
2 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
3 हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता, र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्।
4 उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ, ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं।
सपन्याह 3 : 17
17 परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्छ। उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ। उहाँले आफ्नो प्रेममा तँलाई शान्त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ।
१ पत्रुस 2 : 24
24 हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
यशैया 57 : 15
15 किनकि सदासर्वदा जीवित हुनुहुने, उच्च र श्रेष्ठ, जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, विनम्रको आत्मा जागृत गराउन र पश्चात्तापीको हृदय जागृत गराउन, त्यससँग पनि बस्दछु जो आत्मामा पश्चात्तापी र विनम्र छ।”
रोमी 2 : 1 – 11
1 यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि, केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ, त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्छौ।
2 यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठीकसँग पर्छ भनेर हामी जान्दछौं।
3 ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्यही काम गर्छौ भने, के परमेश्वरको इन्साफबाट उम्कन्छु भन्ने तिमी ठान्छौ?
4 अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डोर्याउँछ भन्ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ?
5 तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो कठोर र अपश्चात्तापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारिरहेछौ।
6 किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ।
7 धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ।
8 तर झगड़ालु, सत्यको पालन नगर्ने, र दुष्टतामा हिँड्नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।
9 खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्ट र आपद् आइपर्नेछ, पहिले यहूदीमाथि र अन्यजातिहरूमाथि पनि।
10 तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्यजातिलाई पनि गौरव, इज्जत र शान्ति प्राप्त हुनेछ।
11 किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।
Leave a Reply