यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दुलही
यशैया 49 : 18
18 तेरा आँखा उचालेर चारैतिर हेर्। तेरा छोराहरू सबै जम्मा भएर तँकहाँ आउँछन्। परमप्रभु घोषणा गर्नुहुन्छ, “जस्तो म जीवित छु, तँ गहनाले सिँगारिएझैँ यी सबले सिँगारिनेछस्, र दुलहीले झैँ तैंले यी सबै लगाउनेछस्।
यशैया 61 : 10
10 म परमप्रभुमा साह्रै आनन्दित हुन्छु। मेरो प्राणले मेरा परमेश्वरमा आनन्द मनाउँनेछ। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नुभएको छ— जसरी दुलहाले आफ्नो शिर पूजाहारीले सिँगारेझैँ सिँगार्छन्, र दुलहीले आफैलाई रत्नहरूले आभूषित गर्छिन्।
यर्मिया 2 : 32
32 के कुमारीले आफ्ना रत्नहरू, दुलहीले आफ्ना विवाहका गरगहनाहरू बिर्सन सक्छे र? तर मेरो प्रजाले त मलाई गन्नै नसकिने दिनदेखि बिर्सिसक्यो।
प्रकाश 21 : 2
2 अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात् पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तलतिर झरिरहेको देखें।
उत्पत्ति 24 : 53
53 तब त्यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्याएर रिबेकालाई दियो। त्यसले तिनका दाजु र आमालाई पनि मूल्यवान् थोकहरू उपहारको रूपमा दियो।
उत्पत्ति 24 : 59
59 यसैकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्यसका मानिसहरूका साथमा पठाइदिए।
उत्पत्ति 24 : 61
61 तब रिबेका र तिनका सहेलीहरू ऊँटहरूमा चढ़ेर त्यस मानिसको पछि लागे। यसरी रिबेकालाई लिएर त्यो नोकर आफ्नो बाटो लाग्यो।
उत्पत्ति 29 : 24
24 लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारी हुनलाई दिए।
उत्पत्ति 29 : 29
29 लाबानले आफ्नी कमारी बिल्हालाई आफ्नी छोरी राहेलकी कमारी हुनलाई दिए। याकूबले राहेलसँग पनि सहवास गरे।
भजनसंग्रह 45 : 17
17 तपाईंको स्मृति पुस्ता-पुस्तासम्म म कायम राखिदिनेछु, यसकारण जाति-जातिहरूले सदासर्वदा तपाईंको प्रशंसा गर्नेछन्।
इजकिएल 16 : 14
14 तेरो सौन्दर्यले गर्दा तेरो ख्याति जाति-जातिहरूका बीचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्दर्य कलङ्करहित थियो, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
प्रकाश 19 : 8
8 चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्।
प्रकाश 21 : 2
2 अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात् पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तलतिर झरिरहेको देखें।
प्रकाश 21 : 9
9 तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु।”
प्रकाश 22 : 17
17 पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस्।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस्।
Leave a Reply