यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दुरुपयोग
एफिसी 6 : 4
4 बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
गलाती 5 : 19 – 21
19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
20 मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
याकूब 5 : 16
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।
याकूब 4 : 1 – 17
1 तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र?
2 तिमीहरू इच्छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ।
3 तिमीहरू माग्छौ तर पाउँदैनौ, किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्छौ।
4 व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।
5 के तिमीहरू यो सम्झन्छौ, कि पवित्र-धर्मशास्त्रले व्यर्थमा यसो भन्दछ, हामीमा परमेश्वरले राख्नुभएका आत्माको निम्ति उहाँ तीव्र डाह राख्नुहुन्छ,
6 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्छ? यसैकारण पवित्र-धर्मशास्त्र यसो भन्दछ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
7 यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ।
8 परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।
9 दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्द खिन्नतामा परिणत होस्।
10 प्रभुको सामने आफूलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।
11 भाइ हो, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्नो भाइको विरुद्धमा खराब बोल्छ, अथवा आफ्नो भाइलाई दोष लाउँछ, त्यो व्यवस्थाको विरुद्धमा बोल्छ, र त्यसले व्यवस्थाको दोष देखाउँछ। तर यदि तिमीले व्यवस्थाको दोष देखाउँछौ भने त तिमी व्यवस्थाबमोजिम चल्ने भएनौ, तर व्यवस्थाको न्यायकर्ता पो भयौ।
12 व्यवस्था दिने र न्यायकर्ता त एउटै हुनुहुन्छ, जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ। तर आफ्नो छिमेकीलाई दोष लाउने तिमीहरू को हौ?
13 “आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्यहाँ एक वर्ष बिताऔंला र व्यापार गरेर नाफा गरौंला”
14 भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ। तिम्रो जिन्दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्ति देखा पर्छ, अनि हराइहाल्छ।
15 यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने, “यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौंला र यस्तो-उस्तो गरौंला।”
16 तर अहिले तिमीहरू आ-आफ्ना शेखीमा धाक लाउँछौ। यस्तो सबै शेखी खराब हो।
17 यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ।
हितोपदेश 22 : 10
10 गिल्ला गर्नेलाई बाहिर निकालिदिनू, र खिचोला मेटिन्छ, कलह र अपमान टुङ्गिन्छन्।
कलस्सी 3 : 21
21 बुबा हो, आफ्ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्।
२ राजाहरू 23 : 7
7 तिनले पुरुष वेश्याहरूका बस्ने घरहरू भत्काइदिए, जो परमप्रभुका मन्दिरभित्र थिए र जहाँ स्त्रीहरूले अशेराको निम्ति बुन्ने गर्थे।
अय्यूब 3 : 16
16 समय नपुगी तुहेको बालकझैँ मलाई किन जमिनभित्र लुकाइएन, दिनको उज्यालो कहिल्यै नदेखेको बालकझैँ?
Leave a Reply