यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दुई मालिकको सेवा गर्दै
लूका 16 : 13
13 “कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”
मत्ती 6 : 24
24 “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
भजनसंग्रह 45 : 7
7 तपाईं धार्मिकतालाई प्रेम गर्नुहुन्छ, र अधर्मलाई घृणा गर्नुहुन्छ। यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई आफ्ना साथीहरूभन्दा बढ्ता गरेर हर्षको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ।
व्यवस्था 4 : 24
24 किनकि परमप्रभु तिमीहरूका परमेश्वर भस्म पार्ने आगो र डाह गर्नुहुने परमेश्वर हुनुहुन्छ।
Leave a Reply