दस आज्ञा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दस आज्ञा

प्रस्‍थान 20 : 3 – 17
3 “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।
4 “आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।
7 “परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
8 “शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू।
9 छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,
10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌।
11 किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो।
12 “आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌।
13 “हत्‍या नगर्नू।
14 “व्‍यभिचार नगर्नू।
15 “चोरी नगर्नू।
16 “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
17 “आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।”

लेवीहरू 22 : 31
31 “तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नू। म परमप्रभु हुँ।

प्रस्‍थान 34 : 28
28 मोशा त्‍यहाँ परमप्रभुसित चालीस दिन र चालीस रात रहे। तिनले न त रोटी खाए न पानी पिए। तिनले ती शिला-पाटीहरूमा त्‍यस करारका वचन, अर्थात्‌ ती दश आज्ञाहरू लेखे।

मत्ती 5 : 17 – 22
17 “व्‍यवस्‍था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्‍झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।
18 किनभने साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जबसम्‍म स्‍वर्ग र पृथ्‍वी टलेर जाँदैन तबसम्‍म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्‍यवस्‍थाबाट एउटा मात्रा वा एउटा बिन्‍दु टल्‍नेछैन।
19 यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, र मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइनेछ।
20 किनभने म तिमीहरूलाई भन्‍दछु, तिमीहरूको धार्मिकता शास्‍त्री र फरिसीहरूको भन्‍दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ।
21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्‍या नगर्नू, र जसले हत्‍या गर्छ त्‍यो दण्‍डको योग्‍य हुनेछ।’
22 तर म तिमीहरूलाई भन्‍दछु, जो कोही आफ्‍नो भाइसँग क्रोध गर्दछ त्‍यो दण्‍डको योग्‍य हुनेछ, र जसले आफ्‍नो भाइको अपमान गर्दछ, त्‍यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्‍नो भाइलाई ‘तँ मूर्ख’ भन्‍छ, त्‍यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।

मत्ती 5 : 17
17 “व्‍यवस्‍था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्‍झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।

मत्ती 5 : 27 – 28
27 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्‍यभिचार नगर्‌।’
28 तर म तिमीहरूलाई भन्‍दछु, जसले कोही स्‍त्रीलाई कामवासनाको इच्‍छाले हेर्दछ, त्‍यसले अघिबाटै आफ्‍नो हृदयमा त्‍यससँग व्‍यभिचार गरिसकेको हुन्‍छ।

व्यवस्था 7 : 9
9 यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्‍वर मात्र परमेश्‍वर हुनुहुन्‍छ, एक विश्‍वासयोग्‍य परमेश्‍वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौँ पुस्‍तामाथि उहाँले आफ्‍नो प्रेमको करार पूरा गर्नुहुन्‍छ, र दया देखाउनुहुन्‍छ।

मर्कूस 12 : 28 – 34
28 शास्‍त्रीहरूमध्‍ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्‍यचाहिँ कुन हो?”
29 येशूले जवाफ दिनुभयो, “सबैभन्‍दा मुख्‍यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।
30 तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्‌।’
31 दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।’ योभन्‍दा ठूलो आज्ञा अर्को छैन।”
32 त्‍यस शास्‍त्रीले उहाँलाई भने, “गुरुज्‍यू, तपाईंले ठीक भन्‍नुभयो, परमेश्‍वर एउटै हुनुहुन्‍छ, उहाँबाहेक अर्को कोही छैन।
33 उहाँलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले प्रेम गर्नु, र छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्नु सबै होमबलि र बलिदानहरूभन्‍दा उत्तम हो।”
34 तिनले बुद्धिमानीसाथ जवाफ दिएका देखेर येशूले तिनलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्‍यदेखि टाढ़ा छैनौ।” त्‍यस समयदेखि उहाँलाई प्रश्‍न गर्ने कसैको साहस भएन।

मत्ती 7 : 12
12 मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।

व्यवस्था 11 : 26 – 28
26 हेर, आज म तिमीहरूका सामु आशिष्‌ र अभिशाप राख्‍दैछु।
27 मैले आज तिमीहरूलाई आदेश दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने आशिष्‌ पाउनेछौ।
28 र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू नमानेर तिमीहरूले नजानेका अन्‍य देवताहरूका पछि लागेर मैले आज आदेश गरेका मार्गबाट तर्क्‍यौ भने तिमीहरूले सराप पाउनेछौ।

उत्‍पत्ति 26 : 5
5 किनभने अब्राहामले मेरो वचन पालन गर्‍यो, र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको प्रतिपालन गर्‍यो।”

व्यवस्था 4 : 13
13 उहाँले आफ्‍नो करार, आफ्‍ना दश आज्ञा तिमीहरूले पालन गर्न भनी दिनुभयो, र उहाँले दुई वटा शिला-पाटीमा ती लेखिदिनुभयो।

प्रस्‍थान 31 : 18
18 परमेश्‍वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्‍नुभएपछि, उहाँका आफ्‍ना औँलाले लेखेका दुई शिला-पाटीहरू उहाँले तिनलाई दिनुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *