यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दशांश
मलाकी 3 : 10
10 सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ, ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष् तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
लूका 6 : 38
38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदीखाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”
मत्ती 23 : 23
23 “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदीना र सूँप र जीराको दशांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू, अर्थात् न्याय, दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो।
२ कोरिन्थी 9 : 7
7 अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
लेवीहरू 27 : 30
30 “‘रूखहरूका फल वा जमिनका बीउको होस्, भूमिका उब्जनीको दशांश परमप्रभुकै हो, र ती परमप्रभुको निम्ति पवित्र हुन्।
प्रेरित 20 : 35
35 मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो।”
मत्ती 6 : 1 – 4
1 “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
2 “यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
3 तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्।
4 तिम्रो दान गुप्तमा होस्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
मत्ती 19 : 21
21 येशूले तिनलाई भन्नुभयो, “तिमी सिद्ध हुन चाहन्छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, अनि आएर मपछि लाग।”
याकूब 1 : 27
27 परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।
Leave a Reply