यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दरबार
१ राजाहरू 21 : 1
1 केही समयपछि यिजरेली नाबोतको एउटा दाखबारीका सम्बन्धको एउटा घटना घट्यो। त्यो दाखबारी यिजरेलमा सामरियाका राजा आहाबको महलनेर थियो।
२ राजाहरू 15 : 25
25 तिनका मुख्य अधिकृतहरूमध्येका एक जना, रमल्याहका छोरा पेकहले तिनको विरुद्धमा षड्यन्त्र रचे। गिलादका पचास जना मानिसहरू आफ्नो साथमा लिएर सामरियामा भएको राजमहलको गढ़ीभित्र पसीकन पेकहले पकहीयालाई अनि अर्गोब र अरिहलाई पनि मारे। यसरी पेकहले पकहीयालाई मारे र तिनीपछि राजा भए।
यर्मिया 49 : 27
27 दमस्कसको पर्खालहरूमा म आगो लगाइदिनेछु। त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ।”
आमोस 1 : 12
12 म तेमानमा आगो पठाइदिनेछु, र त्यसले बोज्राका किल्लाहरू भस्म पार्नेछ।”
नहूम 2 : 6
6 नदीका बाँधहरू खुला पारिन्छन्। दरबार ढल्छ।
२ शमूएल 7 : 2
2 तिनले नातान अगमवक्तालाई भने, “म त देवदारुले बनाएको महलमा बस्दैछु, तर परमप्रभुको सन्दूक भने पालमा राखिएको छ।”
१ राजाहरू 7 : 12
12 ठूलो चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तीन लहर थिए, र देवदारुका सत्तरीहरूको एक लहर थियो। परमप्रभुका मन्दिरको भित्री चोक र त्यसको दलान पनि त्यस्तै थिए।
दानिएल 4 : 29
29 बाह्र महिनापछि जब राजा बेबिलोनको राजदरबारको कौसीमा टहलिँदैथिए,
दानिएल 5 : 5
5 अचानक राजदरबारमा भएको पानसको नजिक एक मानव हातका औँलाहरू देखा परे र लिपिएको भित्तामा लेख्न लागे। त्यो लेख्दैगरेको हात राजाले हेरे।
दानिएल 6 : 18
18 तब राजा आफ्नो दरबारमा फर्के र उनको सामु राखिएको खाना नखाई तथा कुनै मनोरञ्जनविना नै उनले त्यो रात बिताए। अनि उनलाई निद्रा लागेन।
नहेम्याह 1 : 1
1 हकल्याहका छोरा नहेम्याहको विवरण: बीसौँ वर्षको किसलेव महिनामा जब म राजधानी शूशनमा थिएँ,
एस्तर 1 : 2
2 त्यस बेला उनी आफ्नो राजधानी शूशनमा भएको राजसिंहासनबाट राजशासन गर्थे।
एस्तर 7 : 7
7 तब राजा रीसले चूर भएर उठे, र मद्य पिउन छोड़ेर महलको बगैँचामा गए। तर हामानचाहिँ राजाले मनमनै तिनलाई सत्यानाश गर्न निश्चय गरिसकेका छन् भनी तिनले बुझे। रानी एस्तरसँग प्राणदानको लागि बिन्ती चढ़ाउन भनी आफू बसेकै ठाउँमा बसिरहे।
दानिएल 8 : 2
2 मेरो दर्शनमा मैले आफैलाई एलाम प्रदेशको शूशनको किल्लामा देखें; दर्शनमा म ऊलै नहरको छेउमा थिएँ।
एज्रा 6 : 2
2 मादी प्रान्तको एक्बातनाको किल्लामा एउटा मुट्ठो भेट्टाइयो, र त्यसमा यो स्मृति-पत्र लेखिएको थियो:
आमोस 3 : 9
9 अश्दोदका किल्लाहरू र मिश्रदेशका किल्लाहरूलाई घोषणा गर: “सामरियाका पहाड़हरूमा तिमीहरू भेला होओ। त्यहाँभित्र भएको ठूलो खैलाबैलालाई र त्यसका मानिसहरूका बीचमा भएको अत्याचारलाई हेर।”
आमोस 1 : 12
12 म तेमानमा आगो पठाइदिनेछु, र त्यसले बोज्राका किल्लाहरू भस्म पार्नेछ।”
आमोस 2 : 2
2 म मोआबमा आगो पठाइदिनेछु, र त्यसले किर्योतका किल्लाहरू भस्म पार्नेछ। मोआबचाहिँ खैलाबैला, ठूलो युद्ध-ध्वनि र तुरहीको सोरमा नष्ट हुनेछ।
नहूम 2 : 6
6 नदीका बाँधहरू खुला पारिन्छन्। दरबार ढल्छ।
Leave a Reply