यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तौल
लेवीहरू 19 : 36
36 तिमीहरूसँग ठीक-ठीक तराजू र ढक, र ठीक-ठीक नाप र तौलहरू राख्नू। तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
व्यवस्था 25 : 15
15 तर तिमीहरूसँग ठीक तौल र परिमाणका ढक र माना-पाथी हुनुपर्छ, ताकि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा तिमीहरूको आयु लामो होस्।
हितोपदेश 11 : 1
1 छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठीक तौलदेखि उहाँ प्रसन्न हुनुहुन्छ।
हितोपदेश 16 : 11
11 ठीक नाप र तराजूहरू परमप्रभुबाटकै हुन्, थैलीमा भएका सबै ढकहरू उहाँकै काम हो।
हितोपदेश 20 : 10
10 भिन्नै नमिल्ने ढकहरू र नापहरू परमप्रभु घृणा गर्नुहुन्छ।
हितोपदेश 20 : 23
23 परमप्रभु घट्बढ् नाप-तौल घृणा गर्नुहुन्छ, र छली तराजूले उहाँलाई प्रसन्न तुल्याउँदैन।
Leave a Reply