तीरंदाजी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तीरंदाजी

उत्‍पत्ति 21 : 20
20 परमेश्‍वर त्‍यस बालकको साथ रहनुभयो। त्‍यो बढ्‌दैगयो, र उजाड़-स्‍थानमा बसेर एक धनुर्धारी बन्‍यो।

उत्‍पत्ति 27 : 3
3 अब तेरा हतियारहरू, अर्थात्‌ तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्‍ति शिकार मारेर,

१ शमूएल 20 : 20
20 कुनै निशानामा ताकेर हानेको जस्‍तै गरी म तीन वटा काँड़ हान्‍नेछु।

१ शमूएल 20 : 37
37 जब त्‍यो ठिटा जोनाथनले काँड़ हानेको ठाउँमा पुग्‍यो, तब त्‍यो जाँदाजाँदै जोनाथनले कराएर भने, “हेर, काँड़ तेरो पल्‍लोपट्टि छ।

१ इतिहास 8 : 40
40 ऊलामका छोराहरू वीर-वीर धनुर्धारीहरू थिए। तिनका धेरै छोराहरू र नातिहरू थिए— जम्‍मा १५० जना। यी सबै बेन्‍यामीनका सन्‍तान थिए।

१ शमूएल 31 : 3
3 शाऊलका चारैतिर लड़ाइँ मच्‍चियो, र जब धनुर्धारीहरूले उनलाई भेट्टाए उनलाई सख्‍त घायल बनाए।

१ इतिहास 10 : 3
3 युद्ध शाऊलको निम्‍ति कठिन भयो, किनभने कुनै-कुनै धनुर्धारीहरूले तिनीमाथि जाइलागे, र तिनी उनीद्वारा घाइते भए।

यशैया 13 : 18
18 उनीहरूका काँड़हरूले जवान मानिसहरूलाई हिर्काएर ढाल्‍नेछन्‌। उनीहरूले शिशुहरूलाई दया गर्नेछैनन्, न त उनीहरूले केटाकेटीहरूलाई दयाको दृष्‍टिले हेर्नेछन्‌।

यशैया 21 : 17
17 धनुर्धारीहरू, केदारका योद्धाहरूमध्‍ये बाँचेकाहरू थोरै मात्र हुनेछन्‌।” परमप्रभु इस्राएलका परमेश्‍वरले त्‍यसै भन्‍नुभएको छ।

१ राजाहरू 22 : 34
34 तर कसैले आफ्‍नो धनु तानेर जथाभाबी काँड़ हाने, र त्‍यस काँड़ले इस्राएलका राजालाई कवचको जोर्नीमा लाग्‍यो। राजाले आफ्‍नो सारथिलाई भने, “रथ घुमाएर मलाई लड़ाइँबाट बाहिर लैजा। मलाई चोट लागेको छ।”

२ शमूएल 1 : 18
18 अनि यो विलापको गीत यहूदाका मानिसहरूलाई सिकाउनू भनी हुकुम गरे। याशारको पुस्‍तकमा यो गीत लेखिएको छ:

१ इतिहास 5 : 18
18 रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुल— तिनीहरूका ढाल र तरवारले सुसज्‍जित भएका लड़ाकू मानिसहरू, धनुर्धारी र लड़ाइँको निम्‍ति तालीम पाएका सिपाहीहरू चवालीस हजार सात सय साठी जना थिए। यिनीहरू लड़ाइँको निम्‍ति तयार थिए।

१ इतिहास 12 : 2
2 यिनीहरू धनुर्धारी थिए, र दाहिने वा देब्रे हातले घुयेँत्रो चलाउन अथवा काँड़ हान्‍न सक्‍थे। यिनीहरू बेन्‍यामीनको कुलका शाऊलका कुटुम्‍बहरू थिए।

२ इतिहास 14 : 8
8 यहूदाबाट ढाल र भालाहरूले सुसज्‍जित भएका तीन लाख मानिसहरू र बेन्‍यामीनबाट दुई लाख असी हजार ढाल बोक्‍ने र धनुर्धारीहरूको एउटा सेना आसासँग थियो। ती सबै वीर-वीर योद्धा थिए।

२ इतिहास 26 : 14
14 जम्‍मै सेनाको निम्‍ति उज्‍जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेँत्राहरू तयार गरे।

नहेम्‍याह 4 : 13
13 त्‍यसैले पर्खालको पछाड़ि खुला भएका सबैभन्‍दा तल्‍ला समतल ठाउँहरूमा अड्डा जमाउन भनी मैले मानिसहरूलाई तिनीहरूका परिवार-परिवारअनुसार आफ्‍ना तरवार, भाला र धनुर्बाण लिएर बस्‍ने आदेश दिएँ।

जकरिया 9 : 13
13 म यहूदालाई मेरो धनुलाई झैँ नुहाउनेछु, र त्‍यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, तेरा छोराहरूलाई म ग्रीसका छोराहरूका विरुद्धमा सुर्‍याउनेछु, र म तँलाई वीर मानिसको तरवारझैँ तुल्‍याउनेछु।

यर्मिया 46 : 9
9 हे घोड़ा हो, कुद्‌दै अगि बढ़। हे रथ हाँक्‍ने हो, वेगले हाँक। हे योद्धाहरू हो, अगि बढ़। ढाल बोक्‍ने कूश र पूतका मानिसहरू, बाण हान्‍नमा सिपालु लूदका मानिस हो, अगि बढ़।

उत्‍पत्ति 49 : 23
23 धनुर्धारीहरूले त्‍यसलाई ज्‍यादै दु:ख दिए, त्‍यसमाथि काँड़ चलाए, र त्‍यसको खेदो गरे।

न्यायकर्ताहरू 5 : 11
11 यस कुरालाई राम्ररी विचार गर, गीत गाउनेहरूको सोर सुनिँदैछ, जहाँ स्‍त्रीहरू पानी भर्नलाई आउँछन्‌। त्‍यहाँ तिनीहरू परमप्रभुले गर्नुभएका धार्मिक कार्यहरूको स्‍मरण गर्छन्, इस्राएलमा शूरवीरहरूका धार्मिक कार्यहरू। त्‍यसपछि परमप्रभुका जनहरू तल सहरका मूल ढोकाहरूमा गए।

१ शमूएल 31 : 3
3 शाऊलका चारैतिर लड़ाइँ मच्‍चियो, र जब धनुर्धारीहरूले उनलाई भेट्टाए उनलाई सख्‍त घायल बनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *