तिम्रो मन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तिम्रो मन

२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

कलस्सी 2 : 8
8 ध्‍यान देओ, कि कसैले दर्शनशास्‍त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्‍टकाअनुसार होइनन्, तर मानिसको परम्‍परा र विश्‍वका आधारभूत सिद्धान्‍तहरूमाथि अड़िएका हुन्‍छन्‌।

रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *