यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तालिका
न्यायकर्ताहरू 1 : 7
7 अदोनी-बेजेकले भने, “हात र खुट्टाका बूढ़ी-औँला काटिएका सत्तरी जना राजाहरू मेरो टेबिलमुनि जूठाहरू टिप्ने गर्थे। मैले उनीहरूलाई जस्तो गरेको थिएँ परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ।” तब तिनीहरूले उनलाई यरूशलेममा ल्याए र उनी त्यहीँ मरे।
१ शमूएल 20 : 29
29 ‘हाम्रो परिवारले सहरमा बलिदान चढ़ाइरहेको छ, र मेरा दाजु आफैले मलाई त्यहाँ आउनलाई आज्ञा गरेका छन्। यसैले तपाईंको दृष्टिमा मैले निगाह पाएको छु भने मेरा दाजुहरूलाई भेट्न मलाई बिदा दिनुहोस्।’ यसैकारण तिनी राजासित खानलाई आउन सकेनन्।”
१ शमूएल 20 : 34
34 जोनाथन रीसले टेबिलबाट उठेर गइहाले, र त्यस महिनाको दोस्रो दिन उनले केही खाएनन्, किनभने दाऊदको खातिर उनी साह्रै दु:खी भए, किनकि उनका पिताले दाऊदलाई अपमान गरेका थिए।
२ राजाहरू 4 : 10
10 कौसीमा तिनको निम्ति हामी एउटा सानो कोठा बनाइदिऔं, र त्यहाँ तिनको निम्ति एउटा ओछ्यान, एउटा टेबिल, एउटा कुर्सी र एउटा बत्ती राखिदिऔं। तब तिनी यहाँ हामीकहाँ आउँदा त्यहीँ नै बस्न सक्छन्।”
यूहन्ना 2 : 15
15 तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई, तिनका भेड़ाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लघार्नुभयो, र पैसा साट्नेहरूको रेचकी घोप्ट्याएर तिनीहरूका टेबिल पल्टाइदिनुभयो।
१ इतिहास 28 : 16
16 भेटीका रोटीको हरेक टेबिलको निम्ति सुनको तौल, र चाँदीका टेबिलहरूका निम्ति चाँदीको तौल तिनले तोकिदिए।
मलाकी 1 : 7
7 “तिमीहरू मेरो वेदीमा अपवित्र खानेकुरा चढ़ाउँदछौ। “तर तिमीहरू सोध्छौ, ‘हामीले तपाईंलाई कसरी अपवित्र पार्यौं र?’ “‘परमप्रभुको टेबिल घिनलाग्दो छ’ भनेर।
मलाकी 1 : 12
12 “तर तिमीहरू त ‘परमप्रभुको टेबिल अशुद्ध छ, र त्यसमा भएको त्यो भोजन बिटुलो छ, यो घृणास्पद छ’ भनेर मेरो नाउँ अपवित्र गर्दछौ।
१ कोरिन्थी 10 : 21
21 तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरू प्रभुको टेबिल र भूतप्रेतको टेबिल दुवैबाट खान सक्दैनौ।
१ कोरिन्थी 10 : 21
21 तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरू प्रभुको टेबिल र भूतप्रेतको टेबिल दुवैबाट खान सक्दैनौ।
प्रस्थान 31 : 18
18 परमेश्वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्नुभएपछि, उहाँका आफ्ना औँलाले लेखेका दुई शिला-पाटीहरू उहाँले तिनलाई दिनुभयो।
प्रस्थान 32 : 15
15 अनि मोशा फर्केर आफ्ना हातमा गवाहीका दुवै शिला-पाटी लिएर पर्वतबाट ओर्ले। ती पाटीहरूमा अगाड़ि र पछाड़ि दुवैपट्टि लेखिएका थिए।
प्रस्थान 34 : 29
29 जब मोशा गवाहीका ती दुई शिला-पाटी आफ्ना हातमा लिएर सीनै पर्वतबाट ओर्लेर आए, तब परमेश्वर तिनीसित कुरा गर्नुभएकोले आफ्नो अनुहार चम्कँदैछ भन्ने कुरो मोशालाई थाहा थिएन।
प्रस्थान 20 : 17
17 “आफ्नो छिमेकीका घरको लालच नगर्नू। आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।”
प्रस्थान 24 : 12
12 अनि परमप्रभुले मोशालाई भन्नुभयो, “पर्वतमाथि मकहाँ आएर यहाँ बस्। तैंले तिनीहरूलाई सिकाउनलाई मैले लेखेका व्यवस्था र आज्ञाहरूका शिला-पाटीहरू तँलाई दिनेछु।”
व्यवस्था 4 : 13
13 उहाँले आफ्नो करार, आफ्ना दश आज्ञा तिमीहरूले पालन गर्न भनी दिनुभयो, र उहाँले दुई वटा शिला-पाटीमा ती लेखिदिनुभयो।
व्यवस्था 5 : 1 – 360
1 मोशाले सबै इस्राएलीहरूलाई बोलाएर भने: हे इस्राएली हो, आज मैले तिमीहरूलाई दिएका विधि र विधान सुन, र ती होशियारीसाथ पालन गर।
2 परमप्रभु हाम्रा परमेश्वरले हामीसित होरेबमा करार बाँध्नुभयो।
3 परमप्रभुले यो करार हाम्रा पिता-पुर्खासँग होइन, तर हामीसँग, जो आजसम्म यहाँ जीवित छौं, यो बाँध्नुभएको हो।
4 परमप्रभुले तिमीहरूसँग पर्वतमा अग्निबाट आमनेसामने कुरा गर्नुभयो।
5 (त्यस बेला म नै परमप्रभु र तिमीहरूका बीचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खड़ा भएँ, किनकि तिमीहरू अग्निको कारण डराएका थियौ, र पर्वतमा उक्लेनौ।) अनि उहाँले भन्नुभयो:
6 “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ।
7 “मबाहेक अरू कुनै देवी-देवताहरू नमान्नू।
8 “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
9 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु,
10 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।
11 “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
12 “परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्न याद राख्नू।
13 छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू,
14 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ हो। त्यसमा तिमीहरूले केही काम नगर्नू— आफ्ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्। आफ्ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्।
15 तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसैकारण परमप्रभु तिमीहरूका परमेश्वरले शबाथ मान्न तिमीहरूलाई आज्ञा गर्नुभएको हो।
16 परमप्रभु आफ्ना परमेश्वरले आज्ञा दिनुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू, र परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्, र त्यहाँ तिमीहरूको भलो होस्।
17 “हत्या नगर्नू।
18 “व्यभिचार नगर्नू।
19 “चोरी नगर्नू।
20 “आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
21 “आफ्नो छिमेकीका पत्नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्यसको कुनै पनि वस्तुको लालच नगर्नू।”
22 यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरले भन्नुभयो। उहाँले थप केही भन्नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो।
23 जब तिमीहरूले अन्धकारको बीचबाट सोर सुन्यौ, र जब पर्वत आगोले बलिरहेको थियो, तब तिमीहरूका कुलका सबै नायकहरू र धर्म-गुरुहरू मेरो नजिक आए।
24 अनि तिमीहरूले भन्यौ, “परमप्रभु हाम्रा परमेश्वरले आफ्नो महिमा र गौरव हामीलाई प्रकट गर्नुभयो। हामीले उहाँको सोर अग्निबाट सुन्यौ। परमेश्वर मानिससँग बोल्नुभए तापनि मानिस जीवित रहेको हामीले आज देख्यौं।
25 अब यति ठूलो अग्निमा भस्म भएर हामी किन मर्ने? यदि परमप्रभु हाम्रा परमेश्वरको सोर हामीले अझै सुन्यौं भनेता हामी मर्नेछौं!
26 अग्निबाट जीवित परमेश्वर बोल्नुभएको सुनेर हामीझैँ बाँच्ने कुनचाहिँ मरणशील मानिस होला?
27 तपाईं आफै नै नजिक जानुहोस्, र परमप्रभु हाम्रा परमेश्वरले भन्नुभएका सबै कुरा सुनेर हामीलाई बताउनुहोस् र हामी सुनेर पालन गर्नेछौं।”
28 तिमीहरू मसित बोलेका परमप्रभुले सुन्नुभयो, र उहाँले मलाई भन्नुभयो, “यी मानिसहरूले तँलाई भनेका कुरा मैले सुनें। तिनीहरूले ठीकै भनेका छन्।
29 मेरो डर मान्ने र सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भए त हुनेथियो, ताकि तिनीहरू र तिनीहरूका सन्तानको भलो सधैँभरि होस्।
30 “‘तिमीहरू आ-आफ्नो पालमा फर्क’ भनी गएर तिनीहरूलाई भन्।
31 तर तँचाहिँ यहाँ मेरो नजिक खड़ा हो। अनि तैंले तिनीहरूलाई सिकाउनुपर्ने सबै आज्ञा, विधि र विधान म तँलाई बताउनेछु, र मैले तिनीहरूको अधिकारमा दिने देशमा तिनीहरूले ती पालन गरून्।”
32 यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मान्न याद राख। तिमीहरू देब्रे-दाहिने कतै नलाग।
33 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई हिँड्न भनी आज्ञा गर्नुभएका सबै मार्गमा हिँड़, ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू जीवित रह, र तिमीहरूको कल्याण होस्, र तिमीहरूको आयु लामो होस्।
Leave a Reply