ताराहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ताराहरू

भजनसंग्रह 147 : 4
4 उहाँले ताराहरूको संख्‍या निश्‍चित गर्नुहुन्‍छ, र एक-एकलाई आ-आफ्‍नो नाउँ दिनुहुन्‍छ।

भजनसंग्रह 8 : 3 – 4
3 जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्‍थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु,
4 मानिस के हो, र तपाईं त्‍यसको वास्‍ता राख्‍नुहुन्‍छ? मानिसको छोरो के हो, र तपाईं त्‍यसको फिक्री गर्नुहुन्‍छ?

भजनसंग्रह 136 : 9
9 उहाँले रातमा प्रभुत्‍व गर्नलाई चन्‍द्र र तारा बनाउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।

यशैया 40 : 26
26 तिमीहरूका आँखा माथि उठाएर आकाशलाई हेर, यी सबै कसले बनाएका हुन्‌? उहाँले नै होइन र, जसले पुञ्‍जलाई एक-एक गरी ल्‍याउनुहुन्‍छ र प्रत्‍येकलाई नाउँ काढ़ी बोलाउनुहुन्‍छ। उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्‍यको कारण तिनीहरूमध्‍ये एउटै पनि हराउँदैन।

दानिएल 12 : 3
3 बुद्धिमान्‌हरू आकाशको चमकजस्‍तै र धेरैलाई धार्मिकतामा डोर्‍याउनेहरूचाहिँ ताराहरूजस्‍तै सदासर्वदै चम्‍किरहनेछन्‌।

उत्‍पत्ति 1 : 14 – 18
14 अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌।
15 र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
16 अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।
17 अनि परमेश्‍वरले पृथ्‍वीमा प्रकाश दिनलाई,
18 दिन र रातमाथि प्रभुत्‍व गर्न अनि उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

१ कोरिन्थी 15 : 41
41 सूर्यको तेज एक किसिमको, चन्‍द्रमाको तेज अर्कै किसिमको, र ताराहरूको तेज अर्कै किसिमका हुन्‍छन्‌। किनभने एउटा तारा अर्को ताराभन्‍दा तेजमा भिन्‍दै हुन्‍छ।

आमोस 5 : 8
8 (किरकिटी र मृगशिरा तारा-समूहलाई सृजनुहुने, र घोर अन्‍धकारलाई प्रभातकालको उज्‍यालोमा परिवर्तन गर्नुहुने, दिनलाई अँध्‍यारो पारेर रात बनाउनुहुने, जसले समुद्रको पानीलाई बोलाउनुहुन्‍छ र त्‍यसलाई जमिनमा खन्‍याउनुहुन्‍छ— उहाँको नाउँ परमप्रभु नै हो।

प्रकाश 6 : 13
13 अनि अञ्‍जीरको रूखलाई बतासले हल्‍लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्‍वीमा खसे।

यशैया 13 : 10
10 आकाशका ताराहरू र तिनका तारापुञ्‍जले आफ्‍नो चमक दिनेछैनन्‌। सूर्य पनि उदय हुँदाहुँदै अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले ज्‍योति दिनेछैन।

उत्‍पत्ति 1 : 14
14 अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌।

मत्ती 2 : 2
2 “यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौं।”

भजनसंग्रह 8 : 3
3 जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्‍थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु,

भजनसंग्रह 136 : 7
7 उहाँले ठूला-ठूला ज्‍योतिहरू बनाउनुभयो: उहाँको प्रेम सदाकाल रहिरहन्‍छ।

उपदेशक 12 : 2
2 सूर्य र दिनको उज्‍यालोलाई अँध्‍यारोले ढाक्‍न अघि नै, चन्‍द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षापछि फर्कन अघि नै,

फिलिप्पी 2 : 15
15 कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्‍ताको बीचमा परमेश्‍वरका निष्‍खोट सन्‍तान होओ, जुन पुस्‍ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्‍कन्‍छौ।

प्रकाश 12 : 1
1 स्‍वर्गमा एउटा आश्‍चर्यजनक चिन्‍ह देखियो: सूर्य पहिरेकी एउटी स्‍त्री देखा परी, जसको पाउमुनि चन्‍द्रमा थियो, र त्‍यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई।

प्रकाश 2 : 28
28 म त्‍यसलाई बिहानको तारा दिनेछु।

प्रकाश 8 : 12
12 चौथो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र सूर्यको एक तिहाइ भागमाथि प्रहार गरियो, र चन्‍द्रमाको एक तिहाइ भागमाथि र ताराहरूको एक तिहाइ भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्‍धकारले छोप्‍यो। तब दिनको एक तिहाइ ज्‍योतिविहीन भयो, त्‍यसरी नै रातको एक तिहाइ पनि।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *