यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तलाक माफी
मत्ती 18 : 21 – 22
21 तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्ट मेरो विरुद्धमा अपराध गरे मैले त्यसलाई क्षमा गर्ने? के सात पल्टसम्म?”
22 येशूले तिनलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सत्तरी गुणा सात पल्ट।
१ कोरिन्थी 7 : 10 – 11
10 अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्नी पतिबाट नछुटोस्।
11 तर छुट्टिएर बसिहाले तापनि त्यसले विवाह नगरोस्, बरु आफ्नो पतिसँग मिलाप गरोस्। पतिले आफ्नी पत्नीलाई नत्यागोस्।
मत्ती 5 : 31 – 32
31 “यसो पनि भनिएको छ, कि ‘जसले आफ्नी पत्नीलाई त्याग गर्छ, त्यसले तिनलाई त्यागपत्र लेखिदेओस्।’
32 तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अरू कारणले त्याग गर्ला, त्यसले तिनलाई व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला, त्यसले व्यभिचार गर्नेछ।
मत्ती 19 : 9
9 म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारणबाहेक आफ्नी पत्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागिएकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।”
Leave a Reply