यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तर्क
अय्यूब 13 : 3
3 तर मचाहिँ त सर्वशक्तिमान्सँग कुरा गर्न, र परमेश्वरसँग बहस गर्न चाहन्छु।
अय्यूब 13 : 28
28 “यसकारण मानिस सड़ेको वस्तु र नाश हुने र कीराले खाएको वस्त्रजस्तै नष्ट हुँदैछन्।
प्रस्थान 4 : 11
11 परमप्रभुले तिनलाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र?
प्रस्थान 20 : 5
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु,
प्रस्थान 20 : 11
11 किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो।
यशैया 1 : 18
18 परमप्रभु भन्नुहुन्छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन्।
यशैया 5 : 4
4 मेरो दाखबारीको निम्ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्ता मैले गर्नुपर्नेथियो? असल दाख पो फल्छ कि भनेर आशा गरेको त किन त्यसले खराब दाख मात्र फलायो?
यशैया 43 : 26
26 मेरो निम्ति बितेको कुराको पुनर्विलोकन गर। हामी आपसमा यी कुरा छलफल गरौं। तँ निर्दोष ठहरिनलाई आफ्नो कुरा पेश गर्।
होशे 4 : 1
1 इस्राएलीहरू हो, परमप्रभुको वचन सुन, किनकि यस देशका बासिन्दाहरूमाथि परमप्रभुको आरोप छ: “यस देशमा विश्वस्तता छैन, प्रेम छैन र परमेश्वरको मान्यता पनि छैन।
मीका 6 : 2
2 हे पर्वत हो, हे पृथ्वीका अनन्त जग हो, परमप्रभुको आरोप ध्यानसित सुन। किनकि आफ्नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्छ।
दानिएल 4 : 36
36 मेरो होश फर्केकै समयमा, मेरो राज्यका गौरवको लागि मेरो आदर र प्रताप मकहाँ फर्केर आयो। मेरा सल्लाहकारहरू र भारदारहरूले मलाई खोज्न थाले, र म आफ्नो सिंहासनमा फर्कें र पहिलेको भन्दा पनि महान् भएँ।
१ कोरिन्थी 10 : 15
15 समझदार मानिसहरूलाई जस्तै गरी म भन्दैछु, मैले भनेका कुरा तिमीहरू आफै विचार गर।
१ पत्रुस 3 : 15
15 तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर।
व्यवस्था 12 : 8
8 आज हामी प्रत्येकले आफ्नो दृष्टिमा ठीक ठहरिएको कुरा गरेझैँ तिमीहरूले नगर्नू,
हितोपदेश 3 : 5
5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर्
हितोपदेश 14 : 12
12 कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।
लूका 5 : 22
22 तर येशूले तिनीहरूको प्रश्न थाहा पाएर तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू आफ्ना हृदयमा किन प्रश्न गर्दछौ?
लूका 20 : 5
5 तिनीहरू आपसमा बहस गर्न लागे, “‘स्वर्गबाट’ भनौं भने, ‘तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भनेर तिनले भन्नेछन्।
प्रेरित 17 : 2
2 पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन सातासम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे।
प्रेरित 18 : 4
4 हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्न गर्थे।
प्रेरित 24 : 25
25 पावलले धार्मिकता, संयम र भावी इन्साफको विषयमा बहस गर्दा फेलिक्स आत्तिए, र यसो भने, “अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला।”
Leave a Reply