ढुङ्गा हाने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ढुङ्गा हाने

प्रस्‍थान 19 : 13
13 कसैले पनि त्‍यसलाई नछुनू, तर ढुङ्गाले वा काँड़ले हानेर त्‍यसलाई मार्नू। पशु होस्‌ अथवा मानिस, त्‍यो जीवित रहनेछैन’। तुरही लामो गरी बज्‍दा तिनीहरू पर्वतसम्‍म आऊन्‌।”

व्यवस्था 13 : 10
10 तिमीहरूले त्‍यसलाई मरुञ्‍जेल ढुङ्गाले हान्‍नू, किनकि दासत्‍वको देश मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु परमेश्‍वरदेखि तिमीहरूलाई त्‍यसले बहकाउन खोज्‍यो।

व्यवस्था 17 : 5
5 यस्‍तो दुष्‍ट काम गर्ने पुरुष वा स्‍त्रीलाई सहरको मूल ढोकामा ल्‍याई ढुङ्गाले हानेर मार्नू।

व्यवस्था 22 : 21
21 बुबाको घरमा छँदै छाड़ा भएर इस्राएललाई लाजमर्दो काम गरेकी हुनाले त्‍यसलाई बुबाकै घरको ढोकामा ल्‍याएर सहरका मानिसहरूले ढुङ्गाले हानेर मारून्‌। तिमीहरूले तिमीहरूका मध्‍येबाट यस्‍तो खराबी हटाउनुपर्छ।

हिब्रू 11 : 37
37 तिनीहरूलाई ढुङ्गाले हाने। तिनीहरू करौँतीले चिरिए। तिनीहरू तरवारले मारिए। भेड़ा र बाख्राका छालाहरू लाएर कङ्गाल भई क्‍लेश र दुःख पाएर तिनीहरू यताउता डुलिहिँड़े।

गन्ती 15 : 36
36 अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सारा समुदायले त्‍यसलाई छाउनीबाहिर ल्‍याए, र त्‍यसलाई मारे।

यहोशू 7 : 25
25 यहोशूले भने, “तैंले हामीमाथि किन यस्‍तो सङ्कष्‍ट ल्‍याइस्‌? आज तँमाथि परमप्रभुले सङ्कष्‍ट ल्‍याउनुहुनेछ।” तब सारा इस्राएलीहरूले त्‍यसलाई ढुङ्गाले हाने, अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए।

१ राजाहरू 21 : 13
13 तब ती दुई नीच मानिस आएर तिनको विपरीत बसे, र परमेश्‍वर र राजालाई तिनले सरापेका छन्‌ भनी मानिसहरूका सामुन्‍ने तिनलाई खुल्‍लमखुल्‍ला अभियोग लाए। यसकारण तिनीहरूले नाबोतलाई सहरबाहिर लगेर ढुङ्गाले हानेर मारे।

प्रेरित 7 : 59
59 जसै तिनीहरूले स्‍तिफनसमाथि ढुङ्गा हानिरहेका थिए, तिनले प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्‍मालाई ग्रहण गर्नुहोस्‌।”

प्रेरित 14 : 19
19 तर कुनै-कुनै यहूदीहरू एन्‍टिओखिया र आइकोनियनबाट त्‍यहाँ आइपुगे, र भीड़लाई मनाएर पावललाई ढुङ्गा बर्साए, र तिनी मरे होलान्‌ भन्‍ठानेर सहरदेखि बाहिर घिस्‍स्‍याएर लगे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *