यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् डाक्टरहरू
भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।
15 जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।
यर्मिया 8 : 22
22 के गिलादमा कुनै लेप छैन? के त्यहाँ कुनै वैद्य छैन? त्यसो हो भने मेरो प्रजाको चोट किन निको भएको छैन?
मर्कूस 2 : 17
17 यो सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”
हितोपदेश 31 : 6 – 7
6 तिनीहरूलाई मदिरा देऊ जो नष्ट भइरहेका छन्, दाखमद्य त्यस्ताहरूलाई देऊ, जसलाई विरह चलेको छ।
7 तिनीहरूले पिऊन् र आफ्नो दरिद्रता भुलून्, र आफ्नो वेदना फेरि नसम्झून्।
लूका 5 : 17
17 एक दिन उहाँ शिक्षा दिइरहनुहुँदा गालील र यहूदियाको हरेक गाउँ र यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो।
उत्पत्ति 2 : 7
7 तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।
Leave a Reply