यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ठूलो आयोग
मत्ती 28 : 18 – 20
18 तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ।
19 यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।”
मत्ती 28 : 19
19 यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
मर्कूस 16 : 15
15 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर।
लूका 24 : 46 – 47
46 उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ,
47 अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ।
यूहन्ना 20 : 21
21 तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु।”
मत्ती 9 : 37 – 38
37 तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन्।
38 यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।”
प्रेरित 1 : 8
8 तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।”
यशैया 6 : 8
8 तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्ति को जाने?” अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्!”
यूहन्ना 4 : 35 – 38
35 के तिमीहरू भन्दैनौ, ‘अझ चार महिना बाँकी छ, तब बाली काट्ने बेला आउँछ?’ म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्ति पाकिसकेको छ।
36 जसले बाली काट्छ त्यसले ज्याला पाउँछ, र अनन्त जीवनको लागि फल बटुल्छ, र छर्ने र कटनी गर्ने एकसाथ रमाउँछन्।
37 किनकि ‘एक जनाले छर्छ, र अर्काले कटनी गर्छ,’ भन्ने वचन यसैमा सत्य हुन्छ।
38 मैले तिमीहरूलाई त्यहाँ कटनी गर्न पठाएँ, जहाँ तिमीहरूले परिश्रम गरेका छैनौं। अरूहरूले परिश्रम गरेका छन्, र तिनीहरूको परिश्रमका फल तिमीहरूले पाएका छौ।”
Leave a Reply