यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ट्युमर
१ शमूएल 5 : 6
6 तब परमप्रभुका हातको प्रकोप अश्दोदका र त्यसको वरिपरि बस्ने मानिसहरूमाथि पर्यो। उहाँले उनीहरूलाई दिनसम्म दु:ख दिनुभयो, र गिर्खाको रूढ़ीले सताउनुभयो। अनि उनीहरूको इलाकामा हूलका हूल मूसाहरू निस्के। उनीहरूका सहरहरूभरि नै मृत्यु र विनाश छायो।
१ शमूएल 5 : 9
9 उनीहरूले त्यो त्यहाँ लगे। तर त्यो त्यहाँ पुगेपछि परमप्रभुको हात तिनीहरूका विरुद्धमा उठ्यो र त्यो सहर ठूलो त्रासले भरियो। त्यहाँका ठूला-साना सबैलाई उहाँले गिर्खाको रूढ़ीले सताउनुभयो।
१ शमूएल 5 : 12
12 जो मरेका थिएनन्, उनीहरूलाई गिर्खाको रूढ़ीले सतायो। त्यस सहरको विलाप स्वर्गसम्मै पुग्यो।
१ शमूएल 6 : 5
5 तपाईंहरूका गिर्खा र देशलाई विध्वंस गर्ने मूसाहरूका नमूना बनाउनुहोस्, र इस्राएलका परमेश्वरलाई महिमा दिनुहोस्। शायद उहाँले तपाईंहरू, तपाईंहरूका देवताहरू र तपाईंहरूको देशबाट आफ्नो हात हटाउनुहुनेछ।
१ शमूएल 6 : 11
11 तब उनीहरूले कन्तुरमा भएका सुनका मूसा र गिर्खाका नमूनाहरूका साथमा परमप्रभुको सन्दूक गाड़ामा राखे।
Leave a Reply