ट्युबल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ट्युबल

उत्‍पत्ति 10 : 2
2 येपेतका छोराहरू: गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।

१ इतिहास 1 : 5
5 येपेतका छोराहरू: गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।

यशैया 66 : 19
19 “म तिनीहरूका बीचमा एउटा चिन्‍ह राख्‍नेछु, र तिनीहरूमध्‍ये बाँचेकाहरूलाई म जाति-जातिहरूकहाँ पठाउनेछु— अर्थात्‌ तर्शीशमा, लिबियाली तथा लूदीहरू, जसले धनु धारण गर्छन्, तूबल र ग्रीसमा, र टाढ़ाका टापूहरूमा, जसले मेरो कीर्ति सुनेका छैनन्‌ र मेरो महिमा देखेका छैनन्‌। तिनीहरूले मेरो महिमा जाति-जातिहरूका बीचमा घोषणा गर्नेछन्‌।

इजकिएल 27 : 13
13 “‘ग्रीस, तूबल र मेशेकले तँसित व्‍यापार गरे। तिनीहरूले आफ्‍ना कमारा-कमारीहरू र काँसाका भाँड़ाहरू तेरा व्‍यापारका मालसामानसित साटे।

इजकिएल 32 : 26
26 मेशेक र तूबल पनि त्‍यहाँ छन्, र तिनीहरूका चिहानका चारैतिर तिनीहरूका सबै सैन्‍य-दलहरू छन्‌। तिनीहरू सबै बेखतनावालहरू हुन्, र तिनीहरूले जीवितहरूको देशमा त्रास फैलाएका हुनाले तिनीहरू सबै तरवारले मारिएका थिए।

इजकिएल 38 : 3
3 र त्‍यसलाई भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु।

इजकिएल 39 : 1
1 “हे मानिसको छोरो, गोगको विरुद्धमा यो अगमवाणी कहेर भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, हे मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *