ट्याक्ट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ट्याक्ट

हितोपदेश 15 : 1
1 नम्र जवाफले क्रोधलाई शान्‍त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।

हितोपदेश 25 : 15
15 धैर्य गर्नाले शासकलाई मनाउन सकिन्‍छ, र विनीत जिब्रोले हड्डी गलाउन सक्‍छ।

१ कोरिन्थी 9 : 22
22 दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्‍ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्‍ति म सब थोक बनें।

२ कोरिन्थी 12 : 6
6 यदि मैले गर्व गर्ने इच्‍छा नै गरे भने पनि म मूर्ख बन्‍नेछैनँ, किनकि म सत्‍य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्‍दा बढ़ी कसैले मलाई नठानोस्‌ भनेर म गर्व गर्नदेखि थामिन्‍छु।

न्यायकर्ताहरू 8 : 3
3 परमेश्‍वरले मिद्यानका शासक ओरेब र जएबलाई तिमीहरूका हातमा सुम्‍पिदिनुभएको छ। तिमीहरूले गरेझैँ मैले के गरेको छु?” तिनका यी कुराले तिनीहरूको रीस शान्‍त भयो।

१ शमूएल 10 : 27
27 तर त्‍यहाँ कति जना बदमाशहरू पनि थिए, जसले भने, “यस मानिसले हामीलाई कसरी मुक्त गराउन सक्‍ला र?” उनीहरूले शाऊलको केही वास्‍ता गरेनन्, र उनको निम्‍ति केही सौगात पनि ल्‍याएनन्‌। तर शाऊलले केही भनेनन्‌।

१ शमूएल 11 : 7
7 तब उनले एक जोड़ा गोरु लिएर ती टुक्रा-टुक्रा गरी काटे, र समाचार दिने मानिसहरूलाई ती टुक्रा दिएर इस्राएलका सबैतिर यसो भनी पठाए, “जो मानिस युद्धको निम्‍ति शाऊल र शमूएलको पछि आउँदैन त्‍यसका गोरुहरूको पनि यही दशा हुनेछ।” तब मानिसहरूमा परमप्रभुको भय छायो, र तिनीहरू एउटै मानिसजस्‍ता भई निस्‍केर आए।

१ शमूएल 11 : 15
15 यसैले तिनीहरू सबै गिलगालमा गएर परमप्रभुको सामु मेलबलि चढ़ाएर परमप्रभुकै उपस्‍थितिमा शाऊललाई राजा घोषणा गरे। शाऊल र सबै इस्राएलीहरूले ठूलो हर्षमा त्‍यो उत्‍सव मनाए।

१ शमूएल 25 : 37
37 बिहानै मद्यको नशाले छोड़ेपछि तिनले त्‍यसलाई सबै कुरा बताइन्, अनि झट्टै त्‍यसको हृदयले काम गर्न छाड्यो, र त्‍यो पत्‍थरझैँ भयो।

२ शमूएल 3 : 37
37 त्‍यस दिन इस्राएलका सबैले नेरका छोरा अबनेरको हत्‍यामा राजाको केही हात थिएन भनी थाहा पाए।

१ इतिहास 15 : 24
24 अनि शबन्‍याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पूजाहारीहरू परमेश्‍वरका सन्‍दूकको अगि तुरही बजाउँथे। ओबेद-एदोम र येहियाह पनि सन्‍दूकको निम्‍ति द्वारपाल थिए।

१ इतिहास 13 : 4
4 तब सबै समुदायले त्‍यसो गर्ने निश्‍चय गरे, किनभने समस्‍त मानिसहरूले यसो गर्ने सम्‍मति दिए।

२ शमूएल 14 : 22
22 तब योआबले नम्रसित साष्‍टाङ्ग-दण्‍डवत्‌ गरे, अनि राजालाई आदर प्रकट गरेर बिदा हुँदै भने, “मेरो विनम्र बिन्‍ती हजूरले स्‍वीकार गर्नुभएको कारण मैले हजूरको निगाह प्राप्‍त गरें भनी मलाई थाहा भयो।”

२ शमूएल 20 : 22
22 तब ती स्‍त्री गइन्, र भेला भएका सबै मानिसलाई त्‍यसको बुद्धिपूर्ण सल्‍लाह सुनाइन्‌। तिनीहरूले बिक्रीको छोरा शेबाको टाउको काटेर योआबकहाँ फ्‍याँकिदिए। तब योआबले तुरही बजाए, र सबै सेना सहर छोड़ेर आ-आफ्‍नो घरतिर लागे, अनि योआबचाहिँ राजाकहाँ यरूशलेममा फर्केर गए।

१ राजाहरू 3 : 28
28 जब राजाले दिएको फैसला सारा इस्राएलले सुने, तब राजाप्रति भयको भावना उत्‍पन्‍न भयो, किनभने न्‍याय गरिदिनलाई तिनीसँग परमेश्‍वरबाटको बुद्धि रहेछ भनी तिनीहरूले देखे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *