टेराफिम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् टेराफिम

होशे 3 : 4
4 किनभने इस्राएलीहरू धेरै दिनसम्‍म राजा र राजकुमारविना, बलिदान र चोखा ढुङ्गाविना तथा एपोद र देवताविना रहनेछन्‌।

इजकिएल 13 : 18
18 र भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: धिक्‍कार ती स्‍त्रीहरू, जसले आफ्‍ना नाड़ीहरूमा बूटी बाँधिदिन्‍छन्‌ र मानिसहरूको प्राण पासोमा पार्न तिनीहरूका कदअनुसार शिर ढाक्‍ने घुम्‍टा बनाउँछन्‌। के तिमीहरू मानिसहरूको प्राण पासोमा पार्ने र आफ्‍नो प्राणलाई चाहिँ बचाइराख्‍ने र?

२ राजाहरू 23 : 24
24 त्‍यसबाहेक परमप्रभुको मन्‍दिरमा पूजाहारी हिल्‍कियाहले भेट्टाएको व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका कुराहरू पूरा गर्नलाई योशियाहले सबै जोखना हेर्ने, र भूतप्रेत खेलाउने, सबै घर-देवताहरू र मूर्तिहरू, र यहूदामा र यरूशलेममा देखिने सबै घिनलाग्‍दा थोकहरूलाई खतम गरे।

यशैया 2 : 6
6 तपाईंले आफ्‍नो प्रजा, अर्थात्‌ याकूबको घरानालाई त्‍याग्‍नुभएको छ। तिनीहरू पूर्वदेखि आएका अन्‍धविश्‍वासले भरिएका छन्‌। तिनीहरू पलिश्‍तीहरूझैँ जोखना हेराउँछन्‌। तिनीहरू विधर्मीहरूसित हात मिलाउँछन्‌।

१ शमूएल 15 : 23
23 उहाँको आज्ञा उल्‍लङ्घन गर्नु तन्‍त्रमन्‍त्रको पापजस्‍तै हो, र हठी हुनु मूर्तिपूजा गर्नुजस्‍तै खराब हो। तपाईंले परमप्रभुको वचनलाई त्‍याग्‍नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पददेखि त्‍याग्‍नुभएको छ।”

इजकिएल 21 : 21
21 किनभने बेबिलोनका राजा जोखना हेर्नलाई दोबाटोमा, अर्थात्‌ ती दुवै बाटोका मुखमा उभिनेछ, त्‍यसले काँड़हरूको चिट्ठा हाल्‍नेछ। त्‍यसले आफ्‍ना मूर्तिहरूसित सल्‍लाह लिनेछ, र कलेजो जाँच्‍नेछ।

उत्‍पत्ति 31 : 30
30 ‘होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही पनि नभन्‌।’ अब तिम्रा बुबाको घरमा जान तिमीले ज्‍यादै इच्‍छा गरेका हुनाले तिमी हिँड़ेका छौ, तर मेरा देवताहरूचाहिँ किन चोर्‍यौ?”

न्यायकर्ताहरू 18 : 17
17 देशको भेद लिन गएका ती पाँच जना मानिस घरभित्र पसे, अनि प्रतिमा र मूर्ति, एपोद र अरू घर-देवताहरू लिए। त्‍यसै बेला ती पुरोहित ती छ सय मानिसहरूसँग मूल ढोकाको मुखैमा खड़ा भइरहेका थिए।

१ शमूएल 19 : 13
13 तब मीकलले एउटा मूर्ति लिएर तिनको ओछ्यानमा राखिदिइन्, र सिरानमा बाख्राको रौँ राखेर मूर्तिलाई लुगा ओढ़ाइदिइन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *