यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् टापु
भजनसंग्रह 97 : 1
1 परमप्रभुले राज्य गर्नुहुन्छ, पृथ्वी हर्षित होस्, टाढ़ाका किनार-किनारहरू पनि आनन्दित होऊन्।
यशैया 11 : 11
11 त्यस दिन परमप्रभुले अश्शूर, तल्लो र माथिल्लो मिश्र, कूश, एलाम, बेबिलोनिया, हमात र समुद्रका टापूहरूबाट आफ्ना प्रजाको बाँकी रहेको भागलाई छुटाउनलाई आफ्नो हात फेरि दोस्रो पल्ट पसार्नुहुनेछ।
यशैया 41 : 1
1 “हे टापू हो, मेरो सामुन्ने चूपचाप बस। जाति-जातिले नयाँ बल प्राप्त गरून्! तिनीहरू नजिक आऊन् र बोलून्। हामी एकसाथ न्यायालयमा जम्मा होऔं।
यशैया 41 : 5
5 टापूहरूले यो देखे र डराए। पृथ्वीका पल्लो छेउसम्मका देशहरू कामे। तिनीहरू नजिक गई अगाड़ि आउँछन्।
यशैया 49 : 1
1 हे टापूहरू हो, मेरो कुरा सुन। हे टाढ़ाका जातिहरू हो, यो कुरा सुन। जन्मनुभन्दा अघि परमप्रभुले मलाई बोलाउनुभयो। मेरो जन्मदेखि नै उहाँले मेरो नाउँको चर्चा गर्नुभएको छ।
सपन्याह 2 : 11
11 जब उहाँले देशका सबै देवताहरूलाई नष्ट पार्नुहुनेछ, तब तिनीहरूका निम्ति परमप्रभु भयङ्कर हुनुहुनेछ। हरेक किनारका जाति-जातिले उहाँको आराधना गर्नेछन्, प्रत्येकले आफ्नै भूमिमा।
प्रकाश 16 : 20
20 अनि हरेक टापू लोप भएर गयो र पहाड़हरू बेपत्ता भए।
Leave a Reply