झूटा देवताहरूको पूजा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् झूटा देवताहरूको पूजा

प्रस्‍थान 20 : 3
3 “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।

प्रस्‍थान 20 : 2 – 6
2 “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।
3 “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।
4 “आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।

१ कोरिन्थी 10 : 20
20 त्‍यसो होइन, तर म यही भन्‍न लागिरहेछु, कि मूर्तिपूजकहरूले जो बलि चढ़ाउँछन्, त्‍यो परमेश्‍वरलाई होइन, तर भूतप्रेतलाई चढ़ाउँछन्, र तिमीहरू भूतप्रेतसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ।

मत्ती 6 : 21
21 किनकि जहाँ तिम्रो धन हुन्‍छ, त्‍यहीँ तिम्रो मन पनि हुन्‍छ।

व्यवस्था 12 : 30 – 31
30 तब होशियार बस, र उनीहरू नष्‍ट भएपछि उनीहरूका चालचलनमा तिमीहरू नफस्‍नू, र “यी जातिहरूले आफ्‍ना देवताको पूजा कसरी गर्थे? हामी पनि त्‍यसै गर्छौं” भन्‍दै उनीहरूका देवताहरूका विषयमा चासो नलिनू।
31 तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, किनकि उनीहरूका देवताहरूको पूजा गर्दा उनीहरूले सब किसिमका घृणित कुरा गर्छन्, जुन परमप्रभु घृणा गर्नुहुन्‍छ। उनीहरू आफ्‍ना छोराछोरीहरूलाई पनि आफ्‍ना देवताहरूका लागि आगोमा होमिदिन्‍छन्‌।

प्रस्‍थान 20 : 4 – 6
4 “आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।

लूका 6 : 46
46 “मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्‍दछौ?

१ कोरिन्थी 10 : 14
14 यसकारण मेरा प्रिय हो, मूर्तिपूजाबाट अलग बस।

रोमी 8 : 7
7 किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍वरप्रति शत्रुता हो। परमेश्‍वरका व्‍यवस्‍थाको अधीनमा त्‍यो हुँदैन, न त त्‍यो कहिल्‍यै हुन सक्‍छ।

प्रस्‍थान 34 : 14
14 तिमीहरूले अन्‍य कुनै देवताको पूजा नगर्नू, किनकि परमप्रभु, जसको नाउँ “डाही” हो, डाह गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ।

मर्कूस 7 : 9
9 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्‍ना परम्‍परा मान्‍नलाई कति धूर्ततासँग परमेश्‍वरको आज्ञालाई टारिदिन्‍छौ।

मर्कूस 7 : 7
7 तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌।’

व्यवस्था 13 : 1 – 18
1 तिमीहरूका बीचमा कोही अगमवक्ता वा कोही स्‍वप्‍न-दर्शी चमत्‍कारी चिन्‍ह वा आश्‍चर्यकर्म देखाउन तत्‍पर हुन्‍छ,
2 र त्‍यसले भनेको चिन्‍ह वा चमत्‍कार घटेपछि तिमीले नचिनेका “अन्‍य देवताहरूका पछि लागौं र तिनीहरूको पूजा गरौं” भनी त्‍यसले भन्‍यो भने,
3 तिमीहरूले त्‍यस अगमवक्ता वा स्‍वप्‍न-दर्शीका कुरा नसुन्‍नू। त्‍यो त तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो।
4 तिमीहरूचाहिँ परमप्रभु आफ्‍ना परमेश्‍वरका मार्गमा हिँड्‌नू, उहाँको डर मान्‍नू, उहाँका आज्ञाहरू पालन गर्नू, उहाँका वचन मान्‍नू, उहाँको सेवा गर्नू र उहाँमै लीन भइरहनू।
5 तर त्‍यो अगमवक्ता वा स्‍वप्‍न-दर्शी मारिनुपर्छ, किनकि दासत्‍वको देश मिश्रबाट मुक्त गरेर ल्‍याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएको मार्गबाट तिमीहरूलाई बहकाउनलाई त्‍यसले तिमीहरूलाई उहाँको विद्रोह गर्न सिकायो। यसरी तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनुपर्छ।
6 तिमीहरूका आफ्‍नै दाजुभाइ, छोराछोरी, तिम्री प्‍यारी पत्‍नी वा घनिष्‍ठ साथीले पनि तिमीहरूले पुर्खैदेखि नचिनेका देवताहरूलाई पुजौं भनी तिमीहरूलाई सुटुक्‍क फकाए भने—
7 चाहे तिमीहरूका वरिपरि बस्‍ने मानिसहरूका नजिकका देवता होऊन्‌ वा टाढ़ाका होऊन्, देशको एक छेउका होऊन्‌ वा अर्को छेउका—
8 त्‍यो फुस्‍लाउनेको कुरा नसुन्‍नू, त्‍यसलाई नमान्‍नू। बरु माया नगरी, ढाकछोप नगरी वा नजोगाई
9 तिमीहरूले त्‍यसलाई निश्‍चय नै मारिहाल्‍नुपर्छ। त्‍यो कुरा सुन्‍ने मानिसले नै त्‍यसलाई मार्न पहिले हात उठाओस्, त्‍यसपछि सबै मानिसहरूले हात उठाऊन्‌।
10 तिमीहरूले त्‍यसलाई मरुञ्‍जेल ढुङ्गाले हान्‍नू, किनकि दासत्‍वको देश मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु परमेश्‍वरदेखि तिमीहरूलाई त्‍यसले बहकाउन खोज्‍यो।
11 यसरी सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्, र तिमीहरूका बीचमा यस्‍तो खराबी फेरि कसैले गर्नेछैन।
12 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बस्‍न दिनुहुने कुनै सहरमा
13 कतिपय दुष्‍ट मानिसहरू खड़ा भएर त्‍यहाँका बासिन्‍दाहरूलाई कहिल्‍यै नचिनेका देवताहरूलाई पुजौं भनी बहकाएका तिमीहरूले सुन्‍यौ भने,
14 सोध-खोज, केरकार र राम्ररी जाँच गर्नू, र त्‍यस्‍तो घृणित काम भएकै रहेछ भनी प्रमाण मिल्‍यो भने,
15 तिमीहरूले त्‍यस सहरका बासिन्‍दाहरूलाई अवश्‍य तरवारले काटेर मार्नू र त्‍यस सहरलाई सम्‍पूर्ण तवरले नाश गर्नू, र त्‍यहाँ भएका गाईबस्‍तुसमेत सबैलाई तरवारले मार्नू।
16 त्‍यहाँका सबै मालमत्तासमेत सहरको मध्‍ये भागमा बटुलेर त्‍यस सहर र मालमत्तालाई जलाइदिनू। परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति त्‍यो होमबलिझैँ हुनेछ। त्‍यो सधैँभरि ध्‍वस्‍त रहोस्, र त्‍यसको पुनर्निर्माण नगर्नू।
17 निषेध गरिएको कुनै पनि थोक तिमीहरूले नलानू, र परमप्रभुको भयानक क्रोध शान्‍त हुनेछ। तिमीहरूमाथि दया र करुणा देखाएर तिमीहरूका पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञाअनुसार उहाँले तिमीहरूको वृद्धि गर्नुहुनेछ,
18 किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाकारी भएर आज दिएको मेरो आदेशअनुसार तिमीहरू उहाँका सबै आज्ञाहरू पालन गर्छौ र उहाँको दृष्‍टिमा उचित काम गर्छौ।

रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

१ यूहन्‍ना 1 : 7
7 तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।

मत्ती 15 : 8 – 9
8 ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ।
9 तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌’।”

यर्मिया 10 : 2 – 5
2 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जाति-जातिहरूका चाल नसिक, अथवा उनीहरूझैँ आकाशका चिन्‍हहरूदेखि त्रासित नहोओ।
3 किनकि जाति-जातिहरूका रीतिथिति त व्‍यर्थ हुन्‌। उनीहरू वनमा एउटा रूख ढाल्‍छन्, र सिकर्मीको हातले हतियारद्वारा कुनै आकार बनाइन्‍छ।
4 उनीहरूले त्‍यसलाई सुन र चाँदीले सिँगार्दछन्‌। त्‍यो नहल्‍लिओस्‌ भनेर उनीहरूले त्‍यसलाई घन र कीलाले ठोक्‍दछन्‌।
5 खरबूजा बारीमा राखेका तर्साउने पुतलाजस्‍तै उनीहरूका मूर्तिहरू बोल्‍न सक्‍दैनन्‌। तिनीहरूलाई बोक्‍नु पर्छ, किनकि तिनीहरू हिँड्‌न सक्‍दैनन्‌। तिनीहरूदेखि नडराओ, किनभने तिनीहरूले केही खराबी गर्न सक्‍दैनन्, न त तिनीहरूले केही असल गर्न सक्‍छन्‌।”

यूहन्‍ना 4 : 24
24 परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।”

प्रस्‍थान 32 : 1 – 6
1 जब मानिसहरूले मोशालाई पर्वतबाट ओर्लन बियाँलो गरेका देखे, तब तिनीहरू हारूनकहाँ भेला भएर तिनलाई भन्‍न लागे, “उठ्‌नुहोस्, र हाम्रा अगिअगि जानलाई देवताहरू बनाउनुहोस्, किनकि हामीलाई मिश्रबाट निकालेर ल्‍याउने मोशालाई के भयो हामी जान्‍दैनौं”
2 हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्‍नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्‍डलहरू फुकाली यहाँ मकहाँ ल्‍याओ।”
3 तब सबै मानिसहरूले आ-आफ्‍ना कानमा भएका सुनका कुण्‍डलहरू फुकालेर हारूनकहाँ ल्‍याए।
4 तिनले ती तिनीहरूका हातबाट लिएर हतियारले खोपे, र ढालेर बाछाको आकारको एउटा मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने तिमीहरूका देवताहरू यी नै हुन्‌।”
5 यो देखेर हारूनले बाछाकै सामु एउटा वेदी बनाए, र तिनले यसो भनेर घोषणा गरे, “भोलि परमप्रभुको निम्‍ति एउटा चाड़ हुनेछ।”
6 भोलिपल्‍ट मानिसहरू बिहानै उठेर होमबलि चढ़ाए, र मेलबलि पनि ल्‍याए। तब तिनीहरू खानपान गर्नलाई बसे, अनि त्‍यसपछि मोजमा डुब्‍न उठे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *